जनप्रतिनिधिसँग इच्छाशक्ति भए कोभिड उपचार निशुल्क गर्न सकिन्छ : अध्यक्ष थापा



भूपराज बस्याल, स्याङ्जा ।

केही स्थानीय तहले पैसा कमाउने समयको रुपमा प्रयोग गरिरहेका बेला स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले खिम थापाले भने जनप्रतिनिधिसंग इच्छाशक्ति भए कोभिड उपचार निशुल्क गर्न सकिने बताउनुभएको छ । कोभिडको दोश्रो भेरिएण्टको जोखिमलाई मध्यनजर गर्दै गाउँ गाउँमा परिक्षणको दायरा पुर्याउनु भएका थापाले नेपाल समाचार पत्रसँग कुराकानीमा जनतालाई समस्या पर्दा जनप्रतिनिधि बढी संबेदनसिल भएर लाग्नुपर्ने बताउनु भएको हो । गत फागुन १० गते देखि कालीगण्डकी सात मिर्मीमा संचालनमा आएको कालीगण्डकी अस्पताललाई हाल कोभिड अस्पताल बनाएर निशुल्क उपचार हुँदै आएको छ ।

हालसम्म २३ जना कोभिड बिरामीको भर्ना गरेको अस्पतालबाट २० जना निको भएर घर फर्कनु भएको छ भने ६ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ । त्यस्तै उपचारको क्रममा एवम् रिफरकै अस्पतालमा भर्ना भएका मध्य ६ जनाको मृत्यु भएको छ । गाउँ गाउँमा आयुर्वेदिक औसधि सहितको स्वास्थ टोलि परिचालन गर्नुभएका थापाले उक्त अस्पतालमा छुट्टाछुट्टै स्थानमा कोभिड र ननकोभिड दुबै सेवा संचालन गर्दै आउनु भएको छ । एक जना डाक्टर कोभिड उपचारको लागि छुट्टै परिचालन गरिएको छ भने नन कोभिडको लागि छुट्टै एक जना डाक्टर गरि जम्मा २३ जना स्टाफ कार्यरत अस्पतालले कोभिडको समय खर्च धान्न गाह्रो भएपनि कोभिड उपचार भने निशुल्क गर्दै आएको छ ।

३६ सैयाको बेड सहितको अस्पताल संचालन गर्ने उदेश्य साथ हालसालै गाउँपालिकाले सुरु गरेको अस्पतालले कोभिड निशुल्क गर्दा स्याङ्जाका केही स्थानीय तहले भने अस्पताल खर्च धान्न मुस्किल भएको भन्दै मनग्ये पैसा लिदै आएका छन् । अस्पतालले गत आइतबारदेखि सरकारी स्वास्थ बिमाको कार्यक्रम समेत थप गरि अस्पतालको सेवालाई थप प्रभावकारी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्