दोस्रोपटक एन्जियोप्लास्ट गराए मदनकृष्णले



ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको दोस्रोपटक मुटुको एन्जियोप्लास्ट गरिएको छ।मदनकृष्णलाई अचानक छाति दुखेपछि शुक्रबार सहिद गंगालाल हृदय केन्द्रमा उपचारका लागि अस्पताल पु-याइएको थियो। शुक्रबार राति १ बजे अस्पताल पु-याइएका उनको शनिबार एन्जियोप्लास्ट गरिएको थियो। एन्जियोप्लास्टपछि स्वास्थ लाभ गरिरहेका उनलाई अस्पतालले मंगलबार डिस्चार्ज गर्ने तयारी गरे पनि अक्सिजन लेभल कम देखिएकाले अस्पतालमै राखिएको उनका कलाकार छोरा यमन श्रेष्ठले बताए ।

करिब डेढ वर्षअघि पनि -याडीको छाति दुखेर ग्रान्डी हस्पिटल गएका थियौ। त्यो बेला पनि एन्जियोप्लास्ट गरेर स्टेन्ट राखिएको थियो। त्यसको अलि पछि छाति दुखेर गंगालाल अस्पताल आएका थियौं। त्यो बेला डाक्टरहरुले पछि पनि दुख्न सक्छ। नआत्तिनुहोला केही हुँदैन। दुख्यो भने अस्पताल आउनुस् भन्नू भएकोेले फेरि पनि दुख्न सक्छ भन्ने हामीलाई लागेको थियो। अस्ति शुक्रबार ड्याडीको छाति दुखेपछि गंगालाल हस्पिटलको इमर्जेन्सीमा लगियोु यमनले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने ड्याडीलाई उपचारका लागि भित्र पु-याएर मचाहिँ बाहिर गाडीमा सुतें। शनिबार एन्जियोप्लास्ट गरेर आइतबार वार्डमा सारिएपछि मंगलबार डिस्चार्ज भएर घर जाने कुरा थियो। तर, उहाँलाई पहिले कोरोना संक्रमण भएको कारण त्यसको असरस्वरुप अक्सिजन लेभल कम देखियो। त्यसैले, हस्पिटलमै राखेर उपचार गर्दा राम्रो हुने भएकाले यहीं छौें।

प्रतिक्रिया दिनुहोस्