प्रस्तावित चिनियाँ युनिभर्सिटीविरुद्ध प्रदर्शन



हंगेरी, (एजेन्सी) ।

बुडापेस्टको राजधानी हंगेरीमा एउटा चिनियाँ युनिभर्सिटी क्याम्पस खोल्ने योजनाविरुद्ध बडापेस्टका हजारौं जनताले सडकमा प्रदर्शन गरेका छन् । यस परियोजनाका विरोधीहरूले यसबाट मुलुकको आफ्नै उच्च शिक्षा प्रणाली ओझेलमा पर्ने र चीनको कम्युनिस्ट सरकारको प्रभाव बढ्ने बताएका छन् ।दक्षिणपन्थी सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री भिक्टोर ओर्वान्को बेइजिङसँग घनिष्ठ सम्बन्ध रहेको छ । यसै महिनाको शुरूमा हंगेरीले हङकङमा भइरहेको चीनको व्यवहारलाई लिएर युरोपेली संघ (ईयू) ले प्रकाशित गरेको विज्ञप्ति सार्वजनिक हुनबाट रोकेको थियो ।

बुडापेस्टमा चीनको फुदान युनिभर्सिटी क्याम्पस निर्माण योजना पूरा हुन नदिन प्रदर्शनकारीहरू नगर परिक्रमा गर्दै संसद् भवनसम्म पुगेका थिए । सो विशाल विरोध -यालीमा संलग्न रहेका युनिभर्सिटीका विद्यार्थी जोन्जा ¥याडिक्सले अन्तर्राष्ट्रिय समाचार निकाय एएफपीलाई भनेका छन् –‘ओर्वान र उनको दक्षिणपन्थी पार्टी फिडेस्जले आफूलाई कम्युनिस्ट विरोधीको रूपमा प्रस्तुत गर्छ । तर, वास्तविकतामा कम्युनिस्टहरू तिनीहरूका मित्र हुन् ।’

अर्का विद्यार्थी प्याट्रिकले रोयटर्सलाई बताएका छन्– ‘फुदान युनिभर्सिटी परियोजनाका लागि छुट्याइएको कोष हाम्रो आफ्नै युनिभर्सिटीहरू सुधारमा खर्च गरिनुपर्दछ ।’ यस परियोजनाको अनुमानित बजेट करिब १ अर्ब ८० करोड अमेरिकी डलर रहेको छ । जुन रकमको परिमाण सन् २०१९ मा ओर्वान सरकारले मुलुकको उच्च शिक्षा प्रणालीमा खर्चेको कुल रकमभन्दा बढी हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्