यौन काण्डका कारण सेना प्रमुखद्वारा राजीनामा



सोल, (एजेन्सी) ।

एकजना महिला सैनिकको आत्महत्यालाई लिएर जनआक्रोश बढिरहेको क्रममा दक्षिण कोरियाको वायुसेना प्रमुखले राजीनामा दिएका छन् । ती मृत सैनिकका परिवारले एक पुरुष सहकर्मीको यौन दुव्र्यवहारको कारण उनी आत्महत्या गर्न बाध्य भएको आरोप लगाएको छ । राष्ट्रपति मुन जाय इनको कार्यालयले वायु सैनिक प्रमुख जनरल ली सिओंग योंगको राजीनामा स्विकारेको जनाएको छ ।

योंगले त्यसअघि नै ती महिलाको मृत्युलाई लिएर आफूले पूर्ण जिम्मेवारी लिने विज्ञप्ति सार्वजनिक गरेका थिए ।दक्षिण कोरियाका रक्षा मन्त्रालयले वायु सेनाका एकजना मास्टर सार्जेन्टलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको जानकारी दिएको भोलिपल्ट अर्थात् शुक्रबार लिले राजीनामा दिएका हुन् । नाम नखुलाइएका ती सैनिकले गत मार्चमा सैनिक अखाडामा आयोजित रात्रि भोजमा सरिक भएर फर्कने क्रममा परिचय गोप्यै राखिएका ती महिलासँग कारमा अनुचित कार्य गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

ती पीडित महिलाको परिवारद्वारा राष्ट्रपति कार्यालयमा दायर गरेको याचिकापत्रमा उनले आफूभन्दा उच्च ओहदाका अधिकारीहरूलाई घटनाबारे जानकारी गराएको तर घटनालाई गुपचुप राख्दै तिनीहरूले आपसी सहमतिमा पुग्न दबाब दिएपछि अन्ततः उनले मेमा आत्महत्या गरेको विवरण उल्लेख गरिएको छ । दोषीलाई कडा सजायँको माग गर्दै तीन लाख ४० हजारभन्दा बढी व्यक्तिले सो याचिकापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्