यौन काण्डमा मुछिएका सेना प्रमुखले दिए राजिनामा

15.13k
Shares

सोल, (एजेन्सी)

एकजना महिला सैनिकको आत्महत्यालाई लिएर जन आक्रोश बढिरहेको क्रममा दक्षिण कोरियाको वायु सेना प्रमुखले राजिनामा दिएका छन् । ती मृत सैनिकका परिवारले एक पुरुष सहकर्मिको यौन दुव्र्यवहारको कारण उनी आत्महत्या गर्न बाध्य भएको आरोप लगाएको छ ।राष्ट्रपति मून जाय इनको कार्यालयले वायु सैनिक प्रमुख जनरल लि सिओंग योंगको राजिनामा स्विकारेको जनाएको छ ।

योंगले त्यसअघि नै ति महिलाको मृत्युलाई लिएर आफुले पूर्ण जिम्मेवारी लिने विज्ञप्ति सार्वजनिक गरेका थिए ।दक्षिण कोरियाका रक्षा मन्त्रालयले वायु सेनाका एकजना मास्टर सार्जेन्टलाई यौन दुव्र्यवहार गरेको अरोपमा गिरफतार गरिएको जानकारी दिएको भोलिपल्ट अर्थात शुक्रवार लिले राजिनामा दिएका हुन् । नाम नखुलाइएका ति सैनिकले गत मार्चमा सैनिक अखाडामा आयोजित रात्रि भोजमा सरिक भएर फर्कन क्रममा परिचय गोप्यै राखिएका ति महिलासंग कारमा अनुचित कार्य गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

ती पिडित महिलाको परिवारद्वारा राष्ट्रपति कार्यालयमा दायर गरेको याचिकापत्रमा उनले आफुभन्दा उच्च ओहदाका अधिकारीहरुलाई घटनाबारे जानकारी गराएको तर घटनालाई गुपचुप राख्दै तिनीहरुले आपसी सहमतिमा पुग्न दवाव दिएपछि अन्तत उनले मेमा आत्महत्या गरेको विवरण उल्लेख गरिएको छ । दोषिलाई कडा संजायको माग गर्दै ३ लाख ४० हजार भन्दा बढि व्यक्तिले सो याचिकापत्रमा हस्ताक्षर गरेका थिए ।