वासिङ्टन, एजेन्सी ।
अमेरिका एयरलाइन युनाइटेडले १५ वटा नयाँ सुपरसोनिक विमान खरिद गर्ने योजना सार्वजनिक गरेको छ । अमेरिकाको सन् २०२९ मा उड्डयनलाई सुपरसोनिक गतिमा फर्काउने योजना रहेको छ । एयर फ्रान्स र ब्रिटिस एयरवेजले कोन्कोर्डबाट अवकाश लिएपछि सन् २००३ मा विश्वमा यात्रुवाहक सुपरसोनिक उडान बन्द भएको हो । प्रस्तावित नयाँ विमान डेनेभस्थित ‘बूम’ नामक कम्पनीले उत्पादन गरेको बताइएको छ । तर, यस सुपरसोनिक जेट विमानको उडान परीक्षण हुनै बाँकि छ ।
युनाइटेडले नयाँ विमानले सुरक्षा मापदण्ड पूरा गरेको छ वा छैन भन्नेबारे यकिन गर्न सशर्त सम्झौता गर्ने छ । सुपरसोनिक उडानमा मानिसहरूले वायुको गतिभन्दा तीव्र गतिमा हवाई यात्रा गर्न पाउनेछन् । ६० हजार फिट उचाइ सुपरसोनिक जेट विमान १ हजार ६० किमि प्रतिघन्टाको गतिमा उड्ने गर्दछ । सामान्य यात्रुवाहक सुपरसोनिक जेटको समेत गति करिब ९ सय किमि प्रतिघन्टा हुन्छ । विशेष सुपरसोनिक विमानको गति १ हजार ८ सय ५ किमि प्रतिघन्टासम्म हुने अनुमान गरिएको छ ।यो परिवर्तित गतिको हिसाबले एट्लान्टिक महासागर वारपार हुुने यात्रा अर्थात् उदाहरणका लागि लन्डनदेखि न्युयोर्कसम्मको हालको दूरी तय हुने गरेको समय आधा हुनेछ । सन् १९७६ मा यात्रुवाहक सेवाका लागि कोन्कोर्ड विमानको प्रवेश भएको थियो ।
सुपरसोनिक विमानको कारण ध्वनि प्रदूषण हुने चिन्ताको विषय रहेको छ । त्यसैले, मानव बस्ती छाडेर समुद्री क्षेत्रको आकाशमा प्रवेश गरेपछि मात्र विमानलाई गति तीव्र पार्ने अनुमति दिइने भनिएको छ ।साथै, उडान भाडा पनि तुलनात्मक रूपमा महँगो हुनेछ । कन्कोर्डको हवाई भाडा अन्य विमानको ‘क’ श्रेणीको बराबर लाग्ने गथ्र्यो ।











प्रतिक्रिया