जेलबाट ननिकाल्न कैदीको अनुरोध



 एजेन्सी

भारतमा विगत ६ वर्षदेखि कारावास संजाय भोग्दै आइरहेका एक कैदीले विशेष व्यवस्थाअनुरूप कैद मिनाहा हुँदा पनि जेलबाहिर आउन अस्वीकार गरेका छन् । उनका अनुसार सबैतिर कोभिड–१९ फैलिरहेको अवस्थामा बाहिरभन्दा कारागारभित्रै मानिस बढी सुरक्षित छन् ।

भारत बल्ल एकदमै चर्को महामारीबाट विस्तारै ओरालो लाग्दै छ । अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार सोमबार १ लाख ५४ हजार ७ सय ३४ नयाँ संक्रमित भेटिएका छन् । ११ अप्रिलयताकै यो सबैभन्दा कम दैनिक संक्रमित सङ्ख्या हो । भारतमा अहिलेसम्म कोरोना भाइरस महामारीका कारण ३ लाख २९ हजार १ सय जनाको मृत्यु भइसकेको छ ।

‘दि इन्डियन एक्सप्रेस’का अनुसार पूर्वशिक्षक बताइएका ‘आशिष कुमार’ नामक ती कैदीलगायत ४३ जनाले ८ साता लामो कैद मिनाहा पाएका हुन् । तर, उनीबाहेक अन्य सम्पूर्ण कैदी जेलबाट बाहिरिसकेका छन् ।मिरुट जेलका एकजना कर्मचारीले भनेका छन्– ‘हामीले आशिषको अनुरोधलाई अनुमोदनका लागि सरकारसमक्ष पठाइसकेका छौं । अब उनले पूरै समय कैद भुक्तानी गर्ने सम्भावना धेरै रहेको छ । आशिषलाई सन् २०१५ मा आफ्नी पत्नीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पक्राउ गरिएको थियो ।अहिलेसम्म भारतभरि नै उनले जस्तै जेलबाहिर नपठाउन २१ जना अन्य कैदीले पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्