चिनियाँ खोप सिनोभ्याकलाई डब्ल्युएचओको अनुमति



बेइजिङ, एजेन्सी  ।

विश्व स्वास्थ संगठन डब्ल्युएचओले चीनको ‘सिनोभ्याक’ कोभिड खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति प्रदान गरेको छ । डब्ल्यूएचओले यसको परीक्षणबाट खोप लगाउनेमध्ये ५१ प्रतिशतमा कोरोना भाइरस संक्रमणको लक्षण रोकेको तथा १ सय प्रतिशत नमुना परीक्षणमा अस्पतालै भर्ना हुनुपर्नेगरी गम्भीर लक्षण देखानपरेको जनाएको छ । तर, डब्ल्यूएचओका केही विशेषज्ञहरूले केही प्रमाण र तथ्यांक अन्तरालको अझै अभाब रहेको जनाएको छ । सिनोफार्मपछि कोभिड–१९ विरुद्ध अनुमोदन प्राप्त गर्ने यो दोश्रो चिनियाँ खोप हो ।

यस अनुमोदनले चीनको सही र निष्पक्ष ढंगले कोभाक्स प्रोग्राम सुचारु राख्ने लक्षमा टेवा पु-याउने भएको छ । तर, डब्ल्युएचओको अनुमोदन प्राप्त हुनु अगावै यो खोपलाई विश्वका थुप्रै मुुलुकमा प्रयोग गरिसकेको छ । १८ वर्षमाथिका व्यक्तिहरूलाई यो खोप सिफारिस गरिएको छ । पहिलो डोज लगाइएको दुईदेखि चार साताभित्र यसको दोश्रो डोज दिइने गरिएको बताइएको छ ।डब्लयूएचओले आपतकालीन अनुमोदनको अर्थ सुरक्षा, प्रभावकारिता र उत्पादनको हिसाबले यस खोपले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको भन्ने बुझिने जनाएको छ । ब्राजिलको एउटा शहरमा गरिएको अध्ययनअनुसार झन्डै सम्पूर्ण वयष्क व्यक्तिलाई सिनोभ्याक दिइँदा कोभिड संक्रमणको कारण हुने मृत्युको सम्भावना ९५ प्रतिशतले कमि आएको पाइएको छ । करिब ४५ हजार जनआवादी रहेको दक्षिण–पूर्वी ब्राजिलियन राज्य सावो पाउलोको सेर्राना शहरमा यो अध्ययन गरिएको हो ।

जनसंख्याको करिब ७५ प्रतिशतलाई खोप लगाइनासाथ संक्रमण र अस्पतालमा भर्ना हुनेको संङ्ख्यामा कमि आउन थालेको अध्ययनले जनाएको छ । विश्वमै कोभिड संक्रमणको सबैभन्दा बढी चपेटामा आउने ब्राजिल दोश्रो मुलुक हो ।कोरोना भाइरस महामारीविरुद्ध सरकारको नियन्त्रण तथा रोकथाम प्रयास सन्तोषजनक नरहेको भन्दै ब्राजिलियन सरकारको आलोचना भइरहेको छ। स्वास्थ्य उत्पादन पहुँचका लागि डब्ल्युएचओका सहायक महानिर्देशक म्यारिएन्जेला सिमाओले विश्वभरि कोभिड खोपको अत्यधिक माग बढिरहेको अवस्थामा सिनोभ्याकलाई गरिएको अनुमोदन उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्