आपत्तिजनक टिव्ट गर्ने पत्रकारमाथि बीबीसीको छानबिन



गाजा, (एजेन्सी) ।

बीबीसीले इजरायल–प्यालेस्टाइन द्वन्द्वमाथि समाचार लेख्न खटाइएकी ‘ताला हालावा’ नामक आफ्नो एक महिला पत्रकारमाथि छानबिन गरिरहेको छ । उनले सन् २०१४ मा गरेको टिव्टमा, ‘हिटलर सही थिए ।’ लेखिएको भेटिएका कारण बीबीसीले कारबाही थालेको हो । सामाजिक सञ्जालमा उनले इजरायललाई अमेरिकी भूमिभित्र राखिनुपर्ने भनी गरेको पोस्ट पनि भेटिएको छ ।

प्यालेस्टाइनी तालाले सन् २०१७ देखि बीबीसी मोनिटरिङमा डिजिटल पत्रकारको रूपमा काम गर्न थालेकी हुन् । बीबीसीमा काम गर्नुअघि उनले इजरायल र यहुदी विरोधी थुप्रै कुरा लेखेको पाइएको बताइएको छ । उनले २०१४ को जुलाईमा एउटा टिव्ट यस्तो गरेकी थिइन्– ‘इजरायल हिटलरभन्दा बढी नाजी देखिन्छ, हिटलर सही थिए, इजरायली सुरक्षा फौजको नरकवास होस्, गाजाका लागि प्रार्थना गरौं ।’

यसैगरी, इजरायल समर्थित सञ्चार पहरेदार अनेस्ट रिपोर्टिंङले सेयर गरेको उनको अर्को ट्विटर यस्तो छ– ‘यहुदीहरूलाई हाम्रो रगत पुगेको छैन ।’रमल्लाह निवासी तालाले फेसबुकमा पनि यस्तै आपत्तिजनक कुराहरू लेख्ने गरेकी थिइन् । तर, उनका विगतका ट्विटहरूको पर्दाफास भएपछि उनले आफ्नो सामाजिक सञ्जाल एकाउन्ट डिलिट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्