बेइजिङ, (एजेन्सी)
अन्तरिक्षबाट पृथ्वीतर्फ हुत्तिँदै आइरहेको एउटा चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा छरिएर खसेको चीनले आइतबार जनाएको छ । पृथ्वीको वायु मण्डलमा प्रवेश हुनेबित्तिकै ठँलो रकेट नष्ट गरिएको र त्यहाँका भागहरू पृथ्वीको ७२ दशमलव ४७ डिग्री पँर्व र २ दशमलव ६५ डिग्री उत्तरमा अवतरित भएको चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ ।
भग्नावशेष खसेको क्षेत्र माल्दिभ्सदेखि पश्चिमा पर्दछ । अमेरिका र युरोपले अनियन्त्रित ढंगले पृथ्वीतर्फ खस्दै गरेको ‘लंग मार्च–५ बी’ रकेटको पथलाई होसियारपँर्वक अनुगमन गर्दै आएका थिए । चिनियाँ सञ्चार माध्यमले चीनको राजधानी बेइजिङको स्थानीय समयअनुसार आइतबार बिहान १० बजेर २४ मिनेट जाँदा सो रकेटका भागहरू वायुमण्डलमा प्रवेश गरेको जनाएको छ । तर, भग्नावशेषले जमिन वा जलीय क्षेत्रमा के कति क्षति पु-याए भन्ने स्पष्ट हुन सकेको छैन । यसअघि, सो रकेट मानव बस्तीमा पो खस्ने हो कि भन्ने विश्वकै चिन्ता र चासोको विषय बनेको थियो ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पृथ्वीको कक्षबाट रकेटलाई झर्न दिँदा चीनले लापरवाही गरेको आरोप लगाएका छन् ।तर, यसअघि नै अन्तरिक्ष विशेषज्ञहरूले यस रकेटका टुक्रा निकै साना, पृथ्वीको सतहको धेरै भाग पानीले ढाकिएका तथा ठँलो भाग मानव बसोबासरहित भएकले मानिसलाई त्यसले हानी नोक्सानी पु¥याउने सम्भावना अत्यन्तै न्यँन रहेको बताउँदै आएका थिए । गत महिना चीनको नयाँ अन्तरिक्ष केन्द्रको पहिलो मोड्युल प्रक्षेपण गर्न यस लंग मार्च–५ बी अन्तरिक्षयान प्रयोग गरिएको थियो । यसको वजन १८ टन रहेको थियो ।












प्रतिक्रिया