हाँस्ने र डुल्ने पछिलाई साँचौं : हरिवंश आचार्य



ख्याति प्राप्त हाँस्यव्यंग्य अभिनेता हरिवंश  आचार्य लकडाउनको यो समयमा पनि चुप लागेर बस्न सकेका छैनन् । सामाजिक विषयमा चेतना जगाउनुलाई आफ्नो कर्तव्य सम्झने उनले कोरोना संक्रमणबाट बच्न र बचाउन मानिसहरूलाई सुसूचित गर्ने उद्देश्यले अर्को जुनी खै कुन्नी बोलको सन्देश मूलक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

उनले सरोज वली र मेलिना राईको स्वर रहेको अर्को जुनि खै कुन्नी कस्लाई थाहा छ र खै यहि जुनीमा मायाले पिरिम गर है बोलको गीतको धुन लिएर कोरोनाबाट बच्ने अपनाउनु पर्ने सावधानीका बारेमा गीत गाउँदै उक्त शन्देशमूलक भिडियो निर्माण गरेका हुन् । मह सञ्चारको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा भनिएको छ

अर्को जुनी खै कुन्नी कस्लाई थाहा छ र खै
यही जुनीलाई कोरोनाबाट बचौं है।
लौ है मास्क लगाउ सामाजिक दूरी कायम गरेर
स्यानिटाइजर प्रयोग गरौँ, साबुनले हात धोएर,
आफ्नो सानो भूलले गर्दा अरुलाई नि सर्ला,
घरमा बालक वृद्धलाई झनै गाह्रो पर्ला।
हस्पिटलमा ठाउँ छैन उपचार गर्नलाई
छट्पटिंदै बस्नु भन्दा जोगाऔँ सबैलाई।

सन्देशमूलक छोटो गीतको भिडियोको अन्त्यमा उनले भनेका छन् ‘हाँस्ने, नाच्ने, डुल्ने, काम हामी पछिलाई साँचौं, अहिले चाहिँ हामी कोरोनाबाट बाँचौं।’

प्रतिक्रिया दिनुहोस्