संगीत र फेसनको ४७ विधामा १ सय ३० अवार्ड



राजधानीमा हालै सम्पन्न नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७ मा संगीत र फेसनको क्षेत्रका लागि १ सय ३० अवार्ड दिइएको छ। जमलस्थित राष्ट्रिय नाचघरको मिनीहलमा सम्पन्न कार्यक्रममा लोक, आधुनिक, पप,लोकपप, राष्ट्रिय, चाडपर्व, भाषाभाषी, बाल गीत गरी गीत संगीततर्फ विभिन्न ४७ विधा तथा फेसनतर्फ विभिन्न २२ विधामा अवार्ड वितरण गरिएको छ। कोरोना संक्रमण वृद्धि हुन थालेपछि उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा लगाउनु पूर्वसन्ध्यामा विलक्षण क्रियसनसँगको सहकार्यमा स्टार वन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा संगीत र फेसनको क्षेत्रमा सयभन्दा बढी अवार्ड दिइएको हो। गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यता तथा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री र लोकप्रिय संगीतकार शम्भुजीत बासकोटाको विशेष आतिथ्यतामा सम्पन्न अवार्ड कार्यक्रममा सबैभन्दा बढी अवार्ड आधुनिक गीत नबोली नबोलीलाई दिइएको छ भने लोकप्रिय गीतको अवार्ड राजनराज सिवाकोटीको गीत फूलबुट्टे सारीले चुमेको छ।

कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलको संयोजनमा सम्पन्न कार्यक्रममा फूलबुट्टे सारीलाई वर्षको लोकप्रिय गीत, हावा सररबाट मिलन चाम्सलाई आधुनिक गीत भिडियो निर्देशकको क्रिटिक्स अवार्ड दिइएको छ। कार्यक्रममा आधुनिक गीततर्फ कतिन्जेल पोहोला बोलको गीतबाट डा. डीआर उपाध्यायलाई सर्वोत्कृष्ट गीतकार, नबोली नबोलीबाट प्रवीण भेटवाललाई गायक, समीक्षा अधिकारीलाई गायिका, अर्जुन पोखरेललाई संगीतकार, विधान कार्कीलाई म्युजिक भिडियो निर्देशक, सुधीर श्रेष्ठ र शिलाष्मा हमाललाई मोडल, पिरतीको झोलाबाट केशवराज भट्टलाई कोरियोग्राफर र माया बस्छ किबाट रवीन्द्र बराललाई छायाँकारको अवार्ड दिइयो।

त्यसैगरी, पप गीततर्फ काले केटा २ बाट अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई मोडल, गालैको कोठीबाट सुमन पण्डितलाई गीतकार, जोगी भएँबाट सचिन रौनियारलाई गायक, तिम्रो फोटो देखाईबाट बुनु उप्रेतीलाई गायिका र टंक बुढाथोकीलाई संगीतकार, छक्कै परें मबाट माइकल चन्दलाई म्युजिक भिडियो निर्देशक र आउ मायाबाट सिलन लम्साललाई भिडियो सम्पादकको अवार्ड दिइयो।

लोकपप गीततर्फ मेरो जवानीबाट डब्बु क्षेत्रीलाई गीतकार, मैले बोलेकोबाट कृष्ण काफ्लेलाई गायक, साइँला माया नलाउनेबाट प्रदीप बास्तोला र मेरो जवानीबाट बिनु शाक्यलाई मोडलको अवार्ड दिइयो भने लोक दोहोरी गीततर्फ सातै जुनीबाट कमल सरगमलाई गीतकार, माया मारेरबाट नरेश खाती क्षेत्रीलाई गायक, फिक्का चियाबाट भूमिका गिरीलाई गायिका र सोझोपनबाट रामु खड्कालाई संगीतकारको अवार्ड दिइयो।

राष्ट्रिय गीततर्फ करोडौं नेपालीको ढुकढुकीबाट बद्री देशारलाई गीतकार, माया छ मलाई मेरो देशकोबाट नवराजजंग थापालाई गीत, त्यही सच्चा नेपालीबाट अभिनेत्री तथा निर्मात्री रोशनी केसीलाई म्युजिक भिडियो निर्देशकको अवार्ड दिइएको कार्यक्रममा भाषाभाषी गीततर्फ फनफनी घुमेकोबाट टिका बम्जनलाई तामाङ गीत गायक, हाई हाई कादे झेवाबाट कर्म बम्जनलाई तामाङ गीतको गीतकार, माया लाउबाट विशाल योञ्जनलाई तामाङ गीतका संगीतकार, चैता पूर्णेला मेलारीबाट मैना मोक्तानलाई तामाङ फापरे गीत गायिका, चाकुमाकु धागुबाट सरिता शाहीलाई नेपाल भाषा गीत गायिका र चुम्माबाट कृष्ण रसाललाई भोजपुरी गीतको म्युजिक भिडियो मोडलको अवार्ड दिइएको छ।

सञ्चारकर्मी सरोज कोइरालाद्वारा सञ्चालित कार्यक्रममा नवप्रतिभा विधामा माया बिरानोबाट अविनाश श्रेष्ठलाई आधुनिक नवगायक, जिन्दगीको एकै पलबाट सुष्मा सुनुवारलाई आधुनिक नवगायिका, बर्खे झरीबाट सुनिता दुलाललाई लोक दोहोरी नवगायिका, काली गण्डकीबाट रमिला गुरुङलाई लोकगीत नवगायिका, चिसो चिसोबाट किरण गौतम र माया सबैलाईबाट उमेश रानाफालीलाई मोडलको अवार्ड प्रदान गरिएको छ। फेसनतर्फ निशुकान्त झा र प्रतिमा कार्कीलाई बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर, एन्जल श्रेष्ठलाई -याम्प मोडल, ममता गुप्ता दारुकालाई फेसन डिजाइनर अफ द इयर, अश्विनीकान्त झालाई फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ द इयर, शान्ता कुमारी तामाङलाई फिमेल इभेन्ट अर्गनाइजर अफ द इयर र आरएनआर ग्रुपलाई इभेन्ट म्यानेजमेन्ट कम्पनी अफ द इयरको अवार्ड दिइएको छ। कार्यक्रममा उन्नति बोहरा शिलालाई आजीवन योगदान गीत साधक सम्मान, विदुर गिरीलाई राष्ट्रिय रंग पत्रकारिता पुरस्कार, रमेश श्रेष्ठलाई राष्ट्रिय कलाकर्मी सम्मान, सूर्य चन्दलाई कोभिड विरुद्धको सामाजिक अभियन्तासम्मानबाट सम्मानित गरियो। कार्यक्रममा विभिन्न क्षेत्रका दर्जन बढी व्यक्तिलाई सम्मान गरिएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्