वसुन्धराद्वारा कल्याण कोषलाई रकम हस्तान्तरण



कप्रियअभिनेत्री वसुन्धरा भुसालले आफू संयोजक रहेको चलचित्रकर्मी कल्याणकारी कोषकालागि रकमप्रदान गरेकी छिन्। अभिनेत्री भुषालले अमेरिका भ्रमणका क्रममा संकलित रकमचलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र कल्याणकारी कोषलाई हस्तान्तरण गरेकीहुन्।

भुसालले बुधबार चलचित्र विकास बोर्डकाअध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साखीलाई ३ लाख २० हजार रुपियाँ कोषकालागि हस्तान्तरण गरेकी हुन्। पाँच दशकदेखि नेपाली फिल्म क्षेत्रमा अनवरत रूपमा क्रियाशील भुसाल विशेषत संघ संस्थाको वृत्ति विकास र फिल्म कर्मीको सेवा सुरक्षाकालागिनिरन्तर खटिँदै आएकी छिन्। चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कर्मी कल्याणकारी कोषको संस्थापक संयोजक रहेकी उनी अहिले पनि सो कोषको संयोजक रहेकी छिन्। कोषको स्थापना कालदेखि नै संयोजक रहेकी उनले कोषको लागि हर समय सहयोग खोज्न आफूलाई व्यस्त बनाउँदै आएकी छिन्। उनकै पहलमा सो कोष स्थापना भएको हो। वसुन्धराले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय कार्यक्रमसम्म कोषको लागि आर्थिक सहयोग जुटाउँदै आएकी छन्। कोषमा हालचार करोड बढि रकमजम्मा भएको छ। यसमा सबैभन्दा बढि भूमिका अभिनेत्री भुसालकै रहेको छ।

कोषले समस्यामा परेका फिल्मकर्मीलाई सहयोग गर्ने, औषधि उपचार गरिदिने, आपतकालीन अवस्थामा सहयोग गर्ने, मृत्यु परान्त काज किरिया सहयोग गर्ने लगायतका सेवा प्रदान गर्दै आएको छ। सोही कोषका लागि अभिनेत्री भुसालले आफ्नो व्यक्तिगत घुमघामका लागि अमेरिका पुग्दा समेत सहयोग रकम जुटाएकी हुन्। आफ्नो पारिवारिक भेटघाट र घुमघामको लागि ६ महिना अमेरिका रहेकी अभिनेत्री भुसालले कोषका लागि रकम संकलन गरेर ल्याएकी छन्। उनले अमेरिकामा रहेका कलाकार तथा फिल्मकर्मी र नेपालीसँग सहयोग संकलन गरेकी थिइन्। सोही रकमउनी नेपालआउने बित्तिकै बोर्डलाई हस्तान्तरण गरेकी हुन्।

भुसालकाअनुसार अमेरिकाको बाल्टिमोरमा वासी लोक गायक प्रेमराजा महतबाट १ लाखतीनहजार दुई सय, अभिनेत्री पुजा आर लामा र राजु लामाबाट २४ हजार एक सय बिस, सारंगा श्रेष्ठबाट २४ हजार एक सय बिस, कलाकार सविता अधिकारीबाट १२ हजार ६ सय, दिव्या चन्दबाट १२ हजार एक सय बिस, अरुणिमा लम्सालबाट १२ हजार एक सय बिस, दिलिप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार एक सय बिस, रञ्जनाशर्माबाट १२ हजार एक सय बिस, मुकेश आचार्यबाट १२ हजार एक सय बिस, सुरेश श्रेष्ठबाट १२ हजार एक सय बिस, राधाशर्मा (भावु) बाट ६ हजार एक सय बिस, भेष पोखरेलबाट ६ हजार एक सय बिस, अमेरिकान्युजर्सीवासीप्रकाशशर्मा र करुणा शर्माबाट २४ हजार एक सय बिस, सञ्चिता थापाबाट २४ हजार एक सय बिस, सदिक्षाअधिकारीबाट ७हजार दुई सय, रबिन राईबाट १२ हजार एक सय बिस गरी ३ लाख १६ हजार पाँच सय ६० रुपैयाँसहयोग संकलन भएको थियो। यस्तै, नायक पल शाहले पनि १ लाख एक सय एक रुपैयाँ प्रदानगर्ने घोषणा गरेका छन्। भुसालले कोरोनाको समयमा पनिनिकै मेहनतका साथ वसुन्धारा धेरै रकम संकलन गरेको अमेरिका वासी कलाकारहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्