बाइडेनले फौज फिर्ता लैजाने तिथि तोक्ने



वासिंगटन, (एजेन्सी) ।

 अमेरिकी राष्ट्रपति जोय बाइडेनले अमेरिकी फौजले आगामी ११ सेप्टेम्बरमा अफगान भूमि छाड्न लागेको घोषणा गर्ने तयारी गरेको अमेरिकी सरकारी अधिकारीहरू र सञ्चार माध्यमले जनाएका छन् । गत वर्ष डोनाल्ड ट्रम्प सरकारले मे महिनामा नै अमेरिकी फौज स्वदेश फिर्ता गर्ने सहमति तालिवान लडाकुहरूसँग गरेको थियो ।

यो नयाँ तिथि सन् २००१ को ११ सेप्टेम्बरमा ओसामा बिन लादेनको निर्देशनमा अल कायदाका लडाकुहरूले अमेरिकाका वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा गरेका आतंककारी आक्रमणको वार्षिक तिथिसँग जुरेको छ ।तर, संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का अधिकारीहरूका अनुसार कट्टरपन्थी इस्लामिक लडाकु समूह तालिवान आपूmले गरेको प्रतिवद्धताअनुसार हिंसात्मक गतिविधि रोक्न असफल रहेको बताएका छन् ।

पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा एकजना वरिष्ठ अमेरिकी अधिकारीले भनेका छन्, ‘यदि तालिवान लडाकुहरूले अमेरिकी फौज फिर्ता लग्ने क्रममा कुनै आक्रमण गरेको खण्डमा त्यसको डरलाग्दो जवाफ दिइने छ ।’ अमेरिकी फौजलाई अफगानिस्तानमा खतरनाक स्थितिमा नराख्ने उद्देश्यले राष्ट्रपति बाइडेन तिनीहरूलाई फर्काउन हतारिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्