पूर्वप्रधानसेनापति राणाको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वप्रधान सेनापति अर्जुननरसिंह राणाको निधन भएको छ । ९१ वर्षीय राणाको उपचारका क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको हो ।

उनी ०४० देखि ०४४ सम्म नेपाली सेनाको प्रधानसेनापति रहेका थिए । राणा पाकिस्तानका लागि नेपाली राजदूत पनि भएका थिए । उनी सन् १९८८ देखि १०९२ सम्म पाकिस्तानमा राजदूत पनि थिए । उनको पार्थिव शरीरलाई भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्