अस्ट्रेलिया पठाउने बहानामा नौ लाख ठगी गर्ने एक जना पक्राउ



न्युज अफ नेपाल काठमाडौं ।  

वर्किङ भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ६ लाख उठाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेललाई प्रहरीले पक्राउ गरेको हो। भुजेलले एक सय ५ दिनमै सबै प्रक्रिया पूरा गरि सर्ट–टर्म भिसामा दुई दुई वर्षको लागि काममा लगाइदिने बताएका थिए।

भुजेलले भिसा लगाइदिएबापत प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने बताउँदै २ जनाबाट ९ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै पीडितले जाहेरी दिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्