अनुशा मिस एयर होस्टेस



मिस एयर हस्टेस इन्टरनेसनलको उपाधि अनुशा कार्कीले जितेकी छिन्।राजधानीमा हालै सम्पन्न प्रतियोगितामा अनुशाले मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्ट उपाधि पनि आफ्नो बनाइन्।

प्रतियोगितामा इभा जैसवाल फस्ट र प्रिया गुरुङ सेकेन्ड रनर्सअप भए। नाट कलेजको आयोजना र कृजोना मिडिया ग्रुपको इभेन्ट व्यवस्थापनमा भएको दोस्रो संस्करणको प्रतियोगितामा प्रिया गुरुङ बेस्ट वाक र यति एयरलाइन्सको जागिर विजेता भइन् भने नीतिशा विष्ट बेस्ट फिगर, सीमा गुरुङ बेस्ट पर्सनालिटी, दिपु शेर्पा मस्ट कन्फिडेन्ट, करुना नगरकोटी मस्ट डिसिप्लेन, मञ्जली लामा मस्ट पन्चुअल, इभा जैसवाल मस्ट ब्युटिफुल र मस्ट पपुलर, स्वेच्छा बस्नेत बेस्ट स्माइल र प्रकृति अधिकारी बेस्ट पर्फमर छानिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा वरिष्ठ अधिवक्ता गणेश केसी, टर्किस एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्ला टन्कर केसिई, मोडल दीपक घिमिरे, पूर्वक्याविन त्र्mयुउ अर्चना मिश्र निर्णायक रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी लभिन अन्सारीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्