नेपालले जित्यो थ्री नेसन्स कप उपाधि



फिरोज राजोपाध्याय, काठमाडौं  । 

पालले थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा बंगलादेशलाई २.१ ले हराएर उपाधि जितेको हो। नेपाललाई उपाधि दिलाउन सन्जोक राई र विशाल राईले गोल गरेका हुन्।

यो नेपालको समग्रमा प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा तेस्रो तथा समग्रमा छैटौं उपाधि हो। यसअघि महर्जनले बंगलादेशमा २०१६ मा भएको बंगबन्धु कप र गत वर्ष मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा उपाधि दिलाएका थिए। यस्तै सन् १९८४ र १९९३ को दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबल तथा मलेसियामा २०१६ मा सम्पन्न सोलिडारिटी कपमा नेपालले उपाधि जितेको थियो।

शुरुदेखि आक्रमक प्रदर्शन गरेको नेपालका लागि सन्जोक राईले खेलको १८औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए। उनले सुनील बलले गरेको कर्नर प्रहारमा गोलको दिशा दिएका थिए। उनको प्रहारलाई बंगलादेशका खेलाडीसहित गोलकिपरले बचाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस्