तस्वीरमा कलाकर्मीको फागु



कोरोना जोखिमका कारण यस वर्ष कलाकर्मीहरूले सामान्यरूपमा फागु मनाएका छन्। कतिपय कलाकर्मीले अघिल्ला वर्ष फागु मनाएका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेर त कतिपयले साथीभाइ, आफन्त र परिवारका साथ यो पर्व मनाएका छन्। हरेक वर्ष कलाकर्मीलाई निवासमा जमघट गराएर फागु मनाउने करिश्मा मानन्धरले यस वर्ष कोरोनाको प्रभावका कारण थोरै साथीभाइबीच यो पर्व मनाइन्।

कोरियोग्राफर कविराज गहतराज यसरी सलोन बस्नेत, सुहाना थापा र अनमोल केसीका साथ फेसबुकमा देखिए।

संगीतकार वसन्त सापकोटा पत्नीकासाथ फागु खेल्दै।

नायकनायिका आयुषमान देशराज जोशी र प्रियंका कार्की फागुपछि।

 

नायिका केकी अधिकारी शुभकामना दिँदै फेसबुकमा देखिइन्।

चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनकी सुन्तली कुञ्जना रंगशालाका मजदुर तथा तीनका परिवारका साथ।

 

अभिनेता शिव श्रेष्ठ परिवारका साथ।

गायिका इन्दिरा जोशी फागुपछि।

 

प्रतिक्रिया दिनुहोस्