खडक वारियर्सलाई सप्तरी प्रिमियरको उपाधि



नेपाल समाचारपत्र, सप्तरी

विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ ।राज रंगशालामा शनिबार सम्पन्न फाइनलमा खडक वारियर्स कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्समाथि १ रनको रोमाञ्चक जित हात पार्दै उपाधि जितेको हो । खडक वारियर्सले १ सय ४७ रनको लक्ष्य दिएकोमा रुपनी राईडर्स निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १ सय ४५ रनमा समेटियो ।

रुपनी राईडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए निरजले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सुनील धमलाले २३ रन, अमित यादवले १९ रन तथा कुशल भुर्तेलले १५ रन बनाए ।खडक वारियर्सको बलिंगमा अनिल खरेल र गोमानंद अमात्यले समान ३ विकेट लिए । खरेलले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेका थिए । गोमानंदले ४ ओभरमा १८ रन खर्चे । भुलावन सहानिले २ विकेट तथा पवन सर्राफले १ विकेट प्राप्त गरेका थिए ।यस अघि टस जितेर ब्याटिंग रोजेको खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १ सय ४६ रन बनाएको थियो । खडक वारियर्सका लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए । निरजले ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर अनिल शाहले २९ रन बनाए । पहिलो विकेटको लागि अनिल र निरजले ५८ रनको साझेदारी गरेका थिए ।

त्यस्तै कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहानीले अविजित १३ रन बनाएका थिए । रुपनी राईडर्सको बलिंगमा दायाँ हाते फास्ट बलर अनिल यादवले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ३४ रन खर्चेका थिए । सुनिल धमला र कुशल भुर्तेलले समान १ विकेट हात पारेका थिए ।उपाधि सहित बजाज खडक वारियर्सले ३ लाख रुपैयाँ हात पा¥यो । यस्तै रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी खडक वारियर्सका अनिल कुमार शाह चुनिए । उनले २५ हजार रुपियाा प्राप्त गरे । प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३ सय ३४ रन जोडेका थिए । प्रतियोगिताकै उत्कृष्ट बलर विशाल सुश्लिंग र उत्कृष्ट ब्याट्सम्यान अनिल शाह चुनिए । उनले १५ हजार प्राप्त गरे । विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्