लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालमा आचार्य, लियो डिष्ट्रिक्टमा थापा



न्युज अफ नेपाल, कास्की ।

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पोखरामा सम्पन्न नवौं महाधिवेशनबाट डिस्ट्रिक्ट गभर्नरमा विश्वेश्वर आचार्य निर्विरोध निर्बाचित भएका छन । लायन बर्ष २०२१/२२ को लागि भएको निर्वाचनमा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा महेन्द्र पौडेल तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा मणिश्री रत्न बज्राचार्य निर्विरोध निर्वाचित भएका छन ।

महाधिवेशनले लायन्स अन्तराष्ट्रियका आइडी इन्डोर्सिका उम्मेदवार बालकृष्ण बुर्लाकोटीले दिएको उमेदवारी शतप्रतिशत मतले पारित गर्दै मल्टिपलमा पठाउने निर्णय गरेको छ । लियो डिष्ट्रिक्ट प्रेसिडेन्टमा प्रकाश थापा तथा भाइस प्रेसिडेन्टमा योगेश गौतम निर्वाचित भएका छन।

डिष्ट्रिक्ट गभर्नरका र आइडी इन्डोर्सिका उम्मेदवार सबैलाई शतप्रतिशत एस भोटले निर्वाचित गराएको लायन बर्ष २०२०/२१ क्याविनेट सेक्रेटरी सूर्य के सी ले बताए । कार्यक्रममा नव निर्वाचित गभर्नर आचार्यले आफुले नेतृत्व लिएपछि आगामी लायन वर्षमा गर्ने कार्ययोजना समेत प्रस्तुत गरेका थिए।

आचार्यले आगामी लायन वर्ष २०२१/२०२२ मा ‘सर्भिस फर अ स्माइल‘ थिममा रहेर वर्षभरी दिगो विकासमा आधारित कार्यहरू गरिने बताएका छन । उद्यमशीलताको विकास गर्दै विभिन्न १० जिल्लाका गाँउलाई लायन्स उद्यमी गाँउका रुपमा विकास गरिने र वर्षभरी नै लायन्सका सबै कार्यक्रम त्यही क्षेत्रमा लक्षित गरिने योजना रहेको छ । यो संगै लायन्सले गर्ने सेवाका अन्य कार्यहरूलाई निरन्तरता दिइने बताए।

गभर्नर आचार्यले नजिक रहेर काम गर्नका लागि डिष्ट्रिक्टका महत्वपूर्ण पदमा मनोनीत पनि गरेका छन । मनोनित हुनेमा क्याविनेट सेक्रेटरीमा दुर्गाप्रसाद हुमागाइँ, कोषाध्यक्षमा पृथ्वीराज तिमिल्सिना, प्रमुख सल्लाहकारमा राजेन्द्र बाटाजु, डिष्ट्रिक्ट चिफ पिआरओमा उदय कुमार नेपाल, दीर्घकालिन योजना चिफ रामबहादुर बसेल, प्रोजेक्ट म्यानेजमेन्ट कमिटी चिफमा ध्रुव श्रेष्ठ मनोनित भएका छन् ।

यसैगरी लायन्स वेयलफेयर बैंक प्रमुखमा मिलन थापा, चिफ एडमिनिस्ट्रेटर चन्डिप्रसाद अर्याल, चिफ एम्बेसडर अफ गभर्नरमा ई। रामचन्द्र पोखरेल, डिष्ट्रिक्ट ऐडमिनिस्ट्रेटर गण्डकीरधौलागिरीमा किशोर बराल, एसडिजीमा आरबि अधिकारी, बागमती क्षेत्रमा अरुण लामिछाने तथा लायन्स लिडरसिप एकेडेमी चिफमा सुचित्रा थापालाई मनोनित गरिएको छ ।

महाधिबेशनमा करिब ४ हजार लायन्स सदस्यहरुको सहभागिता रहेको कन्भेनर शिबराज आचार्यले बताए । महाधिवेशनको पूर्व सन्ध्यामा पोखरामा सरसफाइ कार्यक्रम, पढाउ अभियान कार्यक्रम ९लायन्स शिक्षा कोष० अन्तरगत २ सय ८० ट्रस्टिद्वारा ४ सय ९० जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो । महाधिवेशन सम्पन्न गर्न विभिन्न २८ उपसमिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्