घरबेटीकी छोरीलाई बलात्कार गर्ने युवक पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोपमा उक युवक पकउ परेका छन् । पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका १ का २४ वर्षीय मिमबहादुर बुढा रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका बुढा विगत दस वर्षदेखि पीडित युवतीको बाँके नेपालगञ्ज उपमहानगरपालिका-२० राँझास्थित घरमा बस्दै आएका थिए । बुढाले १९ वर्षीया ती युवतीलाई होमस्टेमा लगि नशालु पदार्थ खुवाएर बलात्कार गरेको युवतीले बयान दिएकी छन् । बुढाले बलात्कापछि ती युवतीलाई मंसिर ६ गते अचेत अवस्थामै घरमा लगेर छोडेर फरार भएका थिए ।

नेपालगञ्जबाट फरार चएका बुढालाई प्रहरीले चैत ८ गते काठमाडौंको हाँडीगाउँबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्