देशमा पुनः लकडाउनको संकेत, भीडभाड, जुलुस,र्‍यालीमा रोक



गुल्मी, (नेस)

गुल्मीमा भीडभाड, जुलुस,र्‍यालीमा प्रशासनले रोक लगाएको छ । छिमेकी देश भारतमा कोरोना महामारीको संख्या वृद्धि र मृत्युदर वृद्धिभएपछि सर्तकतास्वरूप भीडभाड, जुलुस, र्‍याली नगर्न नपाइने भएको हो ।बुधबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण बढन नदिन स्वास्थ्य मापदण्ड पालन गर्नका लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रबेवी शर्माले बताउनुभयो । बैठकले निकटमा रहेको फागुपूर्णिमा (होली) को अवसरमा परिवारभित्र मात्र मनाउनुपर्ने निर्णय गरेको छ ।

त्यस्तै, माक्स सबैले अनिवार्यरूपमा लगाउने, सामाजिक दूरी, साबुन पानी वा सेनिटाइजरले हात धुने व्यवस्थालाई पालन गर्नू÷गराउन अनुरोध गरिएको छ । होटल रेस्टुरेन्ट मदिरा बिक्री–वितरण राति ८ बजेपछि बन्द गर्ने निर्णयसमेत भएको छ ।सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य मास्क तथा सेनिटाइजरको व्यवस्था यातयात व्यवसायीहरुले मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्मा बताउनुहुन्छ ।

सरकारी गैरसरकारी निजी क्षेत्र, विद्यालय÷कलेजहरु, व्यवसायी, संघ–संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइकासाथ पालना गराउने निर्णय भएको छ ।निर्माण व्यवसायीहरुले विदेशबाट कामदार ल्याउँदा अनिवार्यरूपमा एन्टिजेन टेस्ट गरी नेकेटिभ रिर्पोट आएकाहरुलाई मात्र निर्माणसम्बन्धी काममा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्