‘जलहरी मुद्दा’ खारेज



काठमाडौं, (नेस)

पशुपतिनाथ मन्दिरको विभिन्न भागमा सुनको जलहरी नराख्न दिइएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले पशुपतिमा सुनको जलहरि नराख्न पहिले दिइएको अन्तरिम आदेशलाई खारेज गरिदिएको हो।

पशुपतिनाथको विभिन्न भागमा सुनको जलहरी राख्न तयारी भइरहेका बेला सो कार्य रोक्नुपर्ने माग गर्दै प्रदेश सभाका सदस्य नरोत्तम वैद्य तथा अधिवक्ता नीतिका ढुंगानाले सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। सर्वोच्चले झन्डै २० दिनअघि पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न अन्तरिम आदेश दिएको थियो।

दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा सोमबार छलफल भएको थियो। हाल पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने कार्य पूरा भएको उल्लेख गर्दै सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिन नमिल्ने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्