माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड



काठमाडौं, (नेस) ।

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ। संसदीय दलको मंगलबार बसेको बैठकले दलको नेतामा प्रचण्डलाई चयन गर्ने निर्णय गरेको हो।

त्यसै गरी नेता देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको छ। दलको उपनेता र सचेतक भने चयन गर्न बाँकी रहेको सांसद श्यामकुमारश्रेष्ठले बताउनुभयो। उहाँका अनुसार राष्ट्रियसभा संसदीय दलको नेतामा पुनः दिनानाथ शर्मालाई नै चयन गरेको छ।
बैठकले प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका दुई गरी ६ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ।

हाल एमालेमा रहेका उहाँहरूसहितका २२ नेतालाई यसअघि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सर्वाेच्च अदालतले नेकपालाई बदर गरी एमाले र माओवादी केन्द्र नै कायम गरेसँगै माओवादी केन्द्रले दलको पदाधिकारी चयन गरेको हो।विश्वमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ करोड ७४ लाख ५६ हजार ४ सय १६ रहेको छ। यो कुल संक्रमितको ८० दशमलव ५ प्रतिशत भएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्