लायन्सलाई चुनाव लाग्यो, उम्मेद्वार फ़ेलोशिप कार्यक्रममा जुट्दै



न्युज अफ नेपाल, कास्की ।

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौ राष्ट्रिय महाधिवेशन आगामी चैत्र १४ गते पोखरामा हुने भएको छ । लायन वर्ष २०२१ र २०२२ को नेतृत्व गर्न तयार लिडरहरुको गण्डकी र धौलागिरी क्षेत्रका क्लवहरुका बिच शुक्रवार पोखरामा फेलोशिप कार्यक्रम समेत सम्पन्न गरेका छन।

लायन्स अन्तराष्ट्रिय आइडी इन्डोर्सिका उम्मेदवार बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार विशेश्वर आचार्य, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार महेन्द्र पौडेल र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यले गण्डकी र धौलागिरीक्षेत्रका क्लवहरुका बीच मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रम सम्पन्न गर्दै आ–आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन । सो कार्यक्रममा उनिहरू सबै उम्मेदवारले शतप्रतिशत एस भोटको समेत अपिल गरेका थिए ।

पोखरा, स्याङजा र तनहुँ क्षेत्रका करिब ८०० लायन्सहरुको उपस्थितिमा सम्पन्न संयुक्त फेलोशिप कार्यक्रममा डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार विशेश्वर आचार्यद्वारा शतप्रतिशत एस भोटको अपिल गर्दै आफुले नेतृत्व लिएपछि आगामी लायन वर्षमा गर्ने कार्ययोजना समेत प्रस्तुत गरिएको थियो ।

आगामी लायन वर्ष २०२१ र २०२२ मा ‘सर्भिस फर अ स्माइल‘ थिममा रहेर वर्षभरी दिगो विकासमा आधारित कार्यहरू गरिने आचार्यले बताउनु भएको छ । उद्यमशीलताको विकास गर्दै विभिन्न १० जिल्लाका गाँउलाई लायन्स उद्यमी गाँउका रुपमा विकास गरिने र वर्षभरी नै लायन्सका सबै कार्यक्रम त्यही क्षेत्रमा लक्षित गरिने योजना रहेको छ । यो संगै लायन्सले गर्ने सेवाका अन्य कार्यहरूलाई निरन्तरता दिइने डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार विशेश्वर आचार्यले जानकारी दिनुभयो।

कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार महेन्द्र पौडेल र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यले डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार विशेश्वर आचार्यले ल्याउनु भएका कार्यक्रमलाई सफल बनाउन एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

आइडी इन्डोर्सिका उम्मेद्वार बालकृष्ण बुर्लाकोटीले आफुले लायन्स अन्तराष्ट्रियको नेतृत्व गरेपछि धेरै भन्दा धेरै प्रोजेक्टहरु नेपाल भित्राई सामाजिक कार्यमा लगाउने प्रतिबद्वता व्यक्त गर्नु भयो ।

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर मनबहादुर रोक्का, लायन्स म्यागेजिनका चिफ एडिटर धनराज आचार्य, लायन लिडरहरु, गिरधारी शर्मा, गौतममान श्रेष्ठ, ध्रुब थापा, अशोक श्रेष्ठ, भूगोल शेरचन, राजेन्द्र बाटाजु, डिष्ट्रिक्ट जिएमटि को–अर्डिनेटर दुर्गा प्रसाद हुमागाई, लायन्स क्लब अफ पोखरा सेन्ट्रलका अध्यक्ष बबिन बग्दास, काठमाडौं साझा फूलबारीका अध्यक्ष हरिचन्द्र तिवारी लगाएतले सबै उम्मेदवारलाई आफ्नो साथ र समर्थन रहेको बताउँदै सफलताको कामना गरिएको थियो ।

चैत्र १४ गते पोखरामा सम्पन्न हुन गईरहेको नवौं महाधिवेसनका कन्भेनर शिवराज आचार्यले यस पटक डिष्ट्रिक्टका सबै उम्मेदवार सर्वसम्मत निर्वाचित हुने ऐतिहासिक महाधिबेशनमा धेरै भन्दा धेरै लायन्सहरूलाई सहभागी हुन आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्