रोयल्टी पाइएला जस्तो छैन : सुनीता दुलाल



सञ्चारकर्मी हुँदै गायन क्षेत्रमा सक्रिय सुनीता दुलाल लोक गायन क्षेत्रमा लोकप्रिय नाम बनेकी छिन्। संगीतको क्षेत्रलाई दर्जनौं हिट गीत दिएकी उनले पछिल्लो समय सार्वजनिक गरेको बाँसको कप्टेरो बोलको गीत चर्चामा रहेको छ। उक्त गीत युट्युब टिकटकलगायतका सामाजिक सञ्जालमा निकै लोकप्रिय छ। यसबाहेक पनि उनका प्रायः सबै गीतले बजार पिटिरहेका हुन्छन्।डेढ दशकभन्दा लामो सांगीतिक तथा सञ्चार क्षेत्रको करिअरमा लोभलाग्दो सफलता हासिल गरेकी उनले लोक, लोक पप, लोक दोहोरी, तीज तथा दशैं–तिहारका गीतमार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी छिन्। उनै गायिका दुलालसँग नेपाल समाचारपत्रका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ
रश्मी थापा

हिजोआज के गर्दै हुनुहुन्छ?
हालै मात्र लोक दोहोरी गीत बाँसको कप्टेरो सार्वजनिक गरें। यसैको प्रमोसनमा लागिरेहकी छु, जुन गीतलाई लिएर मैले टिकटकमार्पmत भिडियो प्रतियोगिता गरेको थिएँ। गत हप्ता यसको नतिजा पनि सार्वजनिक भयो। गीत संगीत तथा मिडिया क्षेत्रकै काममा समय बित्दै छ।

एक समय सञ्चारकर्मीको रुपमा पनि काम गर्नुभयो। अहिले सञ्चारकर्म गर्न मन लाग्दैन ?

सञ्चारकर्मीको रुपमा करिब डेढ दशक अघिदेखि नै सक्रिय थिएँ। यही कारण मलाई सञ्चारकर्म रमाइलो लाग्छ। यसैले हामीले बिहीबार शिवरात्रीको अवसर पारेर राइज मिडियामार्पmत मेरो लाइफ स्टाइल डट कम नामक अनलाइन सञ्चालनमा ल्याएका छौं, जसमा मिडिया क्षेत्रमा दुई तीन दशक बिताएका व्यक्तित्वको संग्लग्नता रहेको छ भने म आफै पनि बोर्ड सदस्य छु। मानिसको गाँस, बास र कपाससँग सम्बन्धित रहेर हामीले सञ्चालनमा ल्याएको उक्त मिडियामार्फत अन्य केही कार्यक्रम सञ्चालन गर्दै छु।

नेपाल लोक स्टार गायन रियालिटी शोमा निर्णायक हुनुभयो । गीत गाउने काम सजिलो कि अरुले गाएको जज गर्न ?

दुवैमा गाह्रो पनि छ, रमाइलो पनि छ। आफूले गाएको गीतप्रति दर्शक स्रोताले दिएको मायाबाट खुसी र हौसला मिल्छ। त्यस्तै आफू निर्णायक बनेर अरुका गीत सुन्दा भने एउटा जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ। त्यति बेला प्रतियोगीहरुले राम्रा गीत संगीत प्रस्तुत गर्दा समय बितेकै थाहा हुँदैनथ्यो। यस हिसाबले धेरै रमाइलो अनुभव बटुल्ने मौका पाएँ। दुवैमा आ–आफ्नो खालको रमाइलो हुन्छ भने चुनौती पनि छन्।

धेरैले लोक गीतमा विकृति भित्रियो भनिरहेका छन्, तपाईं के भन्नु हुन्छ ?
विकृति हरेक ठाउँमा छन्। लोक गीतमा मात्र विकृति छ जस्तो मलाई लाग्दैन। लोक गीतमा धेरै राम्रा राम्रा कलाकार पनि जन्मिएका छन्। हरेक क्षेत्रमा राम्रो सँगै नराम्रो अवश्य नै आउँछ। राम्रो र नराम्रो आफै फिल्टर भएर जाने हो। विकृति आए तापनि त्यस्ता गीत संगीत क्षणिक हुन्छन्।लकडाउनअघि विदेश र जिल्लाका कार्यक्रममा गइरहनुहुन्थ्यो । अहिले त्यस्ता कार्यक्रम नहुँदा के महसुस गरिरहनुभएको छ ?
विदेश र जिल्ला मात्र होइन, यति लामो समयसम्म दर्शकसँग प्रत्यक्ष्ँ भेट नहुँदा स्वेदशको कार्यक्रम पनि मिस गरें। लकडाउन खुलेपछि नेपालमा केही कार्यक्रममा सहभागी भएँ। तर विदेशतिर कार्यक्रम आयोजना हुन अझै एक वर्ष जति लाग्छ होला। विदेशमा कार्यक्रममा नगए पनि नेपालमै भइरहेका कार्यक्रममा रमाइरहेकी छु।

 

स्टेज कार्यक्रम र रेकर्डिङमा कुनमा रमाइलो र सजिलो लाग्छ ?
दुवैमा आ–आफ्नो रमाइलो हुन्छ। रेकर्डिङमा पनि रमाइलो त हुन्छ, तर रेकर्डिङ भनिसकेपछि एक किसिमको प्रेसर पनि हुन्छ। रेकर्डिङमा एकदमै कन्सियस भएर मेहनत गरेर गाउन पर्ने हुन्छ भने स्टेजमा चाहिँ दर्शकसँगै रमाइलो गरेर गाउन पाइन्छ। आफ्नो गीतमा दर्शक रमाइरहेको देख्दा आफूलाई झनै रमाइलो महसुस हुन्छ।

साधना कत्तिको गर्नुहुन्छ ?
हामी गायन क्षेत्रमा भएकालाई रियाज एकदमै महत्वपूर्ण भएकोले भ्याएसम्म गर्छु। दैनिक एक घण्टा रियाज गर्छु। अर्लि मर्निङ उठेर योगा तथा साधनामा बस्छु।

अहिले रोयल्टीको विषय उठिरहेको छ, तपाईंले पाउनुभएको छ कि छैन ?
मैले त अहिलेसम्म रोयल्टी भनेर एक रुपियाँ पनि लिएको छैन। रोयल्टीको नाममा करोडौं रुपियाँ उठेको छ भन्ने सुनेको छु। रोयल्टी उठाउनका लागि भनेर मैले एक लाखभन्दा बढी पर्ने कम्युटर रोयल्टी संकलन समाजलाई प्रदान गरेको थिएँ। उहाँहरुले मेरो कम्युटरको पेमेन्ट फिर्ता गर्ने भन्ने कुरा थियो। त्यो पनि पाएको छैन। हाम्रो संगीत क्षेत्रमा जताततै अस्तव्यस्त छ। अहिलेसम्म कसैले पनि राम्रोसँग रोयल्टी पाउनुभएको छैन होला। रोयल्टी पाइएला जस्तो पनि छैन।

गीत गाएर जीवन धान्न सकिएको छ ?
आफूले कस्तो तरिकाले जिउने भन्ने पनि हुन्छ। मेरो हकमा चाहिँ गीतसंगीतबाट जीवन धान्न सकिएको छ। मेरो घरपरिवार पनि एकदमै सपोर्टिभ हुनुभएको कारणले गर्दा मलाई सजिलो छ। केही कुरामा मलाई बाधा अड्चन छैन।

लामो समय लोक गीतसंगीतको क्षेत्रमा सक्रिय हुनुभयो । यसैमा केही गर्ने सपना छ कि ?
लोक गीत संगीतमै केही गर्छु भनेर नै लोकगीतको क्षेत्रमा आएकी हुँ। छिट्टै नै राइज मिडियामार्फत लोक गीत संगीतसम्बन्धी कार्यक्रम लिएर आउँदै छु। सँगै एज अ प्रड्युसर भएर पनि लोक गायनसम्बन्धी रियालिटी कार्यक्रम गर्ने मन छ।

लोक गीतबाहेक अरु कुन विधाको गीत गाउन मन पर्छ ?
लोकबाहेक भजन, लोक पप, आधुनिक गीतहरु गाउन मन पर्छ। म सबै प्रकारको गीत संगीतलाई माया गर्छु। रकलगायत सबै विधाका गीत सुन्छु।

प्रेम सम्बन्धमा हुनुहुन्छ ?
गीतसंगीतकै काममा व्यस्त भएको कारण प्रेम गर्ने समय नै भएन यस कारण अहिलेसम्म प्रेममा परेको छैन। सिंगल नै छु।

विवाहको बारेमा के सोच्नुभएको छ त ?

विवाह एक दुई वर्षपछि गर्ने सोच छ। राम्रो, मन मिल्दो व्यक्ति भेटियो र लगन जु¥यो भने त त्यसभन्दा अघि पनि हुन सक्छ।

अबको योजना के छ ?
शिव परियार दाइसँग लोक आधुनिक गीत आउँदै छ। त्यस्तै राजु परियार दाइसँग गाएको एउटा गीत आउँदै छ। गीत संगीतकै क्षेत्रमा लागिरहने योजना छ।रोयल्टीको नाममा करोडौं रुपियाँ उठेको छ भन्ने सुनेको छु। रोयल्टी उठाउनका लागि भनेर मैले एक लाखभन्दा बढी पर्ने कम्युटर रोयल्टी संकलन समाजलाई प्रदान गरेको थिएँ। उहाँहरुले मेरो कम्युटरको पेमेन्ट फिर्ता गर्ने भन्ने कुरा थियो। त्यो पनि पाएको छैन।

प्रतिक्रिया दिनुहोस्