ममता र ज्ञानको खानी नारी



महेश सुनार

महिलालाई कमजोर नसोच्नुस जब हामीलाई कुनै सानो चोट पर्दा मरेतुल्ले बन्छौ यदि हाम्रो शरीरमा रहेको २०६ वटा हड्डि एक्कै साथ भाचेर हामीलाई चोट दिए भन्दा पनि बडि चोट सहेर बच्चा लाई जन्म दिने महान नारी महिला नै हुन । महिलाको सम्मान गरौ महिलाको इजेत गरौ । यदि राम्रै सङ्ग बच्चा जन्मिए राम्रो हो नत्र ओपेसन गरेर आफ्नो पेट चिरेर बच्चालाई जन्म दिने महान नारी नै हुन ।

बच्चा जन्मिए पछि पनि यो नखानु त्यो नखानु न टाइममा सुत्नु छ बच्चा रोय बच्चाको साथ उठ-सुताउ, बच्चा को हेरचाह गर हरेक दुख कष्ट काटेर बच्चा हुर्काउछिन । महिला कुनै खेलाउना हैन महिला त भगवतीको अवतार हो । महिला कै कारण संसार चलेको छ । तर पनि पुरै बिश्वमा महिलालाई दोस्रो दर्जामा राख्ने गरिएको पाइन्छ । महिला कम्जोर होइनन महिलालाई कम्जोर बनाईएको हो । रुढीबादी परम्परा बाटै चल्दै आएको महिला माथी गरिएका घरेलु हिंसा,सामाजिक हिंसा,मानसिक र शारीरिक हिंसाले महिलाहरुमा अझै पुर्ण रुपमा पुरुष बराबरी हक अधिकार पाएको देखिदैन । महिला मानसिक र शारीरिक रुपले कमजोर हुदैनन सबमा चेतना होस ।अझै पनि अरु देशको महिलाहरुको तुलनामा हाम्रो देशमा धेरै महिला हक अधिकारमा सुधार भएको देखिन्छ । अरबी महिला र हाम्रो देशका महिलाहरु मा तुलना गर्दा हाम्रो देश पहिलाको समय भन्दा धेरै अघि र राम्रो बिकास भएको देख्दा सारै खुशी लागेर आउँछ । र पनि हाम्रो समाजमा अझै पनि महिला लाई हेर्ने दृस्ठि र दलितलाई हेर्ने दृस्ठि परिवर्तन आएको देखिदैन ।

अझै पनि हाम्रो समाजमा महिलालाई कम्जोर नै सोच्ने महिलालाई पछाडी नै पार्ने महिला घरेलु काम र श्रीमान लाई खुशी बनाउने काम मात्र हो भन्ने अबुझ पुरुषहरुको पनि कमि छैनन हाम्रो समाजमा । महिलालाई अझै पनि पुरुष सरहको ज्यालादारी दिएका छैनन । महिला माथी गरिने हिंसा,दाइजो पर्था,भेदभाव ,असमानता बोक्सी आरोप जस्ता घट्ना अझै पनि हाम्रो समाजमा देख्न पाएका छौ यस्ता नकारात्मक काम,सोचाई र यस्ता अबुझ सानो चित्ताको सोचाई नगरौ सम्पूर्ण म विनम्र अनुरोध गर्दछु । नारीको सम्मान गर्न सिक्यौ नारीको महत्त्व बुझ्यौ नारी देबि हुन नारी छन त संसार छ ।कतिपय महिला दिदिबहिनीहरु आफ्नै घरमा दबियर बस्ने हेलामा बस्न बाध्या परेका छन त्यस्ता महिलाहरुलाई शिक्षा,ज्ञान,सीप,हौसला,जोस दिएर अगाडि बढाउनुस ।

 महिला पुरुष बराबरि हुन अपमान नगरौ । अहिलेको समयमा हाम्रो देशमा विभिन्न महिला गैरसरकारीरसरकारी संघ-संस्थाहरु ,महिला अधिकारका लागि हरेक कारणले महिलाहरुको एक रुपता देख्न पाइन्छ । महिला पुरुष बराबरी हुन भन्ने अधिकारका लागि सबै मिलिझुली नारी भनेको के हो रुनारीमा पनि पुरुषमा जस्तै सोचन शक्ति र शारीरिक बल तागत छन दबाएर एवम् दबिएर नबसौ अनि नबसालौ ।आफ्नो पुरै जिन्दगी माइत-घर परिवार मै बिताएर सबैलाई माया ममताको ज्ञान दिने महान ममतामय नारी नै हो ।

प्रतिक्रिया दिनुहोस्