टिभिएस ग्राण्ड एक्सचेन्ज मेला आजदेखि शुरु



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले फाल्गुन १३ गतेबाट टिभिएस ग्रान्ड एक्स्चेन्ज मेलाको आयोजना गर्ने भएको छ ।भृकुटीमण्डपमा शुरु हुन लागेको सो मेला फाल्गुन १३ गते बाट १७ गतेसम्म ५ दिनसम्म आयोजना हुने छ ।

यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन् ।यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप रु. १५ हजार रुपैयाँ सम्म मुल्याङ्कन पाउने छन् भने नयाँ सवारी खरिदमा रु १२ हजार रुपैयाँ सम्मको आकर्षक छुटको समेत व्यवस्था रहेको छ ।यसैगरी सुरुवाती १८ महिनासम्म शून्य ब्याज दरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाहनेका लागि समेत उत्साहजनक रहेको छ । किस्ताबन्दीको ई.एम.आइ रु. ५ हजार १ सय ९१ देखि शुरु राखिएको छ ।

साथै यस मेला अन्तर्गत मेला अगावै बुकिङ्ग गर्ने ग्राहकले रु.२ हजार बराबरको सामान सितैमा प्राप्त गर्ने छन्् ।यस मेलामा ग्राहकले टेस्ट राइड मात्र गर्दा खेरी समेत विभिन्न आकर्षक स्यरसट उपहारहरु सहित बम्पर उपहार स्वरुप थाइल्याण्ड भ्रमण प्याकेज प्राप्त गर्ने छन् । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चात व्यापक सेवा र देशभरमा जगेडा पार्ट पुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

प्रतिक्रिया दिनुहोस्