इंग्ल्यान्ड १ सय १२ स्कोरमा अलआउट



नयाँदिल्ली, (एजेन्सी) ।

भारतविरुद्धको डे नाइटको तेस्रो टेस्टमा पाहुना टिम इंग्ल्यान्ड १ सय १२ रनमै अलआउट भएको छ । बुधबारदेखि शुरू भएको टेस्टको पहिलो दिन इंग्ल्यान्डका लागि ओपनर जाक क्राउलीले सर्वाधिक ५३ रनको योगदान दिएका हुन् । क्राउलीपछि कप्तान जोए रूटले बनाएको १७ रन नै सर्वाधिक दोस्रो ठूलो योगदान सावित भयो । तेस्रो विकेटका लागि रूट र क्राउलीले गरेको ४७ रनको साझेदारी नै उच्चतम साझेदारी बनेको थियो । यी दुवै ब्याटसम्यान ६ रनको अन्तरालमा आउट भएपछि बाँकि ६ विकेट सस्तैमा आउट भएका थिए ।

इंग्ल्यान्डलाई सस्तैमा आउट गर्न अक्षर पटेलको बलिङ घातक बनेको थियो । पटेलले ३८ रन खर्चेर ६ विकेट लिन सफल भए । उनले जोनी बेयरस्टोलाई शून्यमा आउट गर्दै विकेट लिन शुरू गरेका थिए । यसपछि उनले जमिरहेका ब्याटसम्यान क्राउलीलाई पभेलियन फर्काए । पटेलले खतरनाक ब्याटसम्यान बेन स्टोक्स (६ रन), बेन फोक्स (१२ रन), जोफ्रा आर्चर (११ रन) र स्टुआर्ट ब्रोड (३ रन) लाई शिकार बनाएका थिए । रविचन्द्रन अश्विनले पनि ३ विकेट लिएका थिए । एक विकेट इशान्त शर्माको नाममा रहेको थियो । जारी चार टेस्टको सिरिजमा भारत र इंग्ल्यान्डले १–१ टेस्ट खेल जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्