नेपाली बजारमा निशानको नयाँ एसयूभी गाडी ‘निशान म्यागनाइट’



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली बजारमा निशानको म्यागनाइट एसयूभी गाडी भित्रिएको छ ।

नेपालका लागि निशानको आधिकारिक वितरक पायोनिर मोटोकर्पले म्यागनाइट भित्र्याएको हो । म्यागनाइट एसयूभी ११ वटा भेरियन्टमा छन् भने आठ प्रकारका रंगमा यो गाडी उपलब्ध छ । म्यागनाइटमा सुरक्षाको लागि डुअर एयरब्याग, एबिएस, इबीडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ड फल ल्याम्प, स्पिङ सेन्सिङ लकजस्ता फिचर छन् ।

यसका साथै रेयर क्यामेरा विथ प्रोजेक्सन गाइड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायतका थप फिचर पनि उपलब्ध छन् । नेपाली बजारमा यसको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रूपैयाँसम्म कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्