महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मानीत



लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको सुनकोसी गाँउपालिकाले पालिका भरि रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । पालिकाले यहि फाल्गुन ७ गते देखि १० गते सम्म पालिकाका सबै वडाहरुको स्वास्थ्य कार्यलयमा कार्यक्रम गरी स्वयंसेविकाहरुलाई सम्मान गरिएको गाँपालिकाले जनाएको छ ।

पालिकाले पालिका भरि रहेका ७१ वटा आमा समुहका ७१ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको सुनकोशी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख नेत्र कटवालले बताएका छन । नेपाल सरकारले प्रदान गर्ने पोशाक भत्ता रु १० हजार र यातायात खर्च बापतको रु ३ हजार गरि रु १३ हजार र सुनकोसी गाँउपालिकाले सम्मान स्वारुप रु १५ हजार थप गरि एक जना स्वयंसेविका बराबर एक मुस्ट रु २८ हजार रकम प्रदान गरि सम्मान गरिएको छ ।

सम्मानित हुने स्वयंसेविकाहरुलाई नगदसँगै प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले बताए । स्वास्थ्य स्वयंसेविकाले गरेका कामको उच्च मुल्याङकन गरेर सम्मान गरेकोमा स्वयंसेविका सेविकाहरुको मनोवल उच्च हुनुका साथै सम्पूर्ण पालिका भरि रहेका महिलाहरुको उच्च सम्मान भएको पालिका स्तरिय आमा समुह सञ्जाल सुनकोसीका अध्यक्ष शरस्वती अधिकारीले बताए ।

स्वांयम सेविकाहरुको योगदानको कदर गरेर सम्मान गरेकाले स्वांयम सेविकाहरुलाई थप काम गर्नका लागी हौसला मिलेको र सम्मानप्रतिको उच्च कदर गर्दै सबै जना स्वयंसेविकाहरुले अगामी दिनमा अझैँ तदकरुक्ताका साथ आफ्नो जिम्मेवारी बहन गर्ने सुनकोसी गाँउपालिका ८ का स्वास्थ्य स्वांयम सेविका बुधकुमारी धमलाले बताउनुभयो ।

निस्वार्थ रुपमा खटिएका स्वयंसेविकाहरुलाई राज्यको तर्फ वाट कुनै सम्बोधन नभएकाले सम्मान स्वरुप गाँउपालिकाले बिगत तिन बर्ष देखि स्वयंसेविकाहरुलाई सम्मा गरिदै आएकोे सुनकोसी गाँउपालीका अध्यक्ष रुद्र अधिकारीले बताए । स्वांयम सेविकाहरु यसरी सम्मानित भए पछि पालिकाको स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवा निक्कै प्रभावकारी हुने समेत अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्