बार्सिलोना बराबरीमा रोकियो


लन्डन, (एजेन्सी) ।

बार्सिलोना स्पेनिस ला लिगामा क्याडिजसँग बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा बार्सिलोना काडिजबिरुद्ध आफ्नै घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा लियोनल मेसीको गोलको मद्दतमा बासिलोनाले अग्रता बनाएको थियो ।

अधिकांश समय बल आफ्नो पकडमा राखेको बासिलोनाले अन्तिम समयमा धैर्य राख्न नसक्दा क्याडिजविरुद्धको खेलमा अंक बाँड्न बाध्य भएको हो ।खेलको ३२औं मिनटमा मेसीले गरेको पेनाल्टी गोलमा बार्सिलोनाले खेलमा अग्रता कायम गरेको थियो । तर, खेल सकिन एक मिनेट मात्र बाँकि रहँदा क्याडिजले पेनाल्टीको अवसर पायो । उक्त पेनाल्टीको अवसरलाई एलेक्स फर्नान्डेजले गोलमा परिणत गर्दा बार्सिलोनाले खेलमा स्पष्ट तीन अंक जोड्ने मौका खेर फालेको थियो । बराबरीसँगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ । यता, क्याडिजको भने २४ खेलमा २५ अंक जोडेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।