मेयर र उप–मेयर कप क्रिकेट हुँदै



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उप–मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।मेयर कप क्रिकेट क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उप–मेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ ।

दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ ।मेयर र उप–मेयर क्रिकेट प्रतियोगितामा सम्पुर्ण खेलहरू सुन्दरखाली खेल मैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।मेयर कप क्रिकेटको प्रथम पुरस्कार ७५ हजार र द्वितीय पुरस्कार ५० हजार रहेको छ भने उप–मेयर क्रिकेटको विजेता टोलीले ४५ हजार पाउनेछ भने उप–विजेताले ३० हजार पुरस्कार पाउने नगर क्रिकेट समितिले जनाएको छ ।

क्रिकेटको विकासका लागि दशरथचन्द नगरपालिकाले क्रिकेट प्रतियोगितालाई नगरपालिकाको कार्यक्रममै समावेश गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।प्रतियोगिताले महिला तथा पुरुष खेलाडी उत्पादनमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्