एनएनआईपीए स्पोर्टस् अवार्डबाट २६ खेलाडी सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपीए स्पोर्टस् अवार्डबाट २६ जना खेलाडी सम्मानित भएका छन् ।भक्तपुरको मध्यपुर थिमीमा भएको विशेष कार्यक्रममा २०७६ सालमा गरेको प्रदर्शनका आधारमा सम्मानित भएका हुन् ।सम्बन्धित खेल संघहरूको सिफारिसमा उनीहरू सम्मानित भएका हुन् । सम्मानित हुनेहरूमा गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेताहरू रहेका छन् ।

ग्लोबल आईएमई बेस्ट प्लेयर अवार्ड पौडीकी गौरिका सिंह र मण्डेकाजी श्रेष्ठले जिते । उनीहरूले नगद एक एक लाख प्राप्त गरे ।गौरिकाले १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पौडीमा ४ स्वर्ण जितेकी थिइन् । यस्तै, सोही खेलकुदअन्तर्गत करातेमा मन्डेले दोहोरो स्वर्ण जितेका थिए ।यसैगरी, गल्फका सुवास तामाङ र महिला तर्फ कुस्तीकी संगिता धामीलाई उदयमान खेलाडीको अवार्ड प्रदान गरिएको छ । उनीहरूले नगद ५० हजार प्राप्त गरेका छन् ।प्रतिभावान् खेलाडीको अवार्ड भने तेक्वान्दोकी आयशा शाक्य र फुटबलर सुजल श्रेष्ठले हात पारे । एनएनआईपीए स्पोर्टस अवार्डमा सम्मानित हुने खेलाडीमा आर्चरकिा सनातन मल्ल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका रत्नजीत तामाङ, बास्केटबलकी अनुसा मल्ल, बक्सिङकी मिनु गुरूङ, क्रिकेटकी अन्जली चन्द, साइक्लिङका बुद्धिबहादुर तामाङ, फेन्सिङकी रविना थापा, फुटबलका सुजल श्रेष्ठ, गल्फका सुवास तामाङ, ह्यान्डबलकी कल्पना वली, जुडोकी देविका खड्का रहेका छन् ।

यसैगरी, स्पोर्टस अवार्डमा सम्मानित हुनेमा कबड्डीकी मेनुका कुमारी राजवंशी, करातेका मन्डेकाजी श्रेष्ठ, खोखोका श्याम बुढाथोकी, लनटेनिसका प्रदीप खड्का, शुटिङकी कल्पना परियार, पौडीकी गौरिका सिंह, टेबलटेनिसका पुरूषोत्तम बज्राचार्य, स्क्वाशसका विपन ब्लोन, तेक्वान्दोकी आइशा शाक्य, ट्रायथलनकी सोनी गुरूङ, भलिबलका कुलबहादुर थापा, भारोत्तोलनका विकास थापा, कुश्तीकी संगीता धामी, उसुकी जुनी राई, पारा टेबलटेनिसका केशव थापा रहेका छन् । कराते प्रशिक्षक अकबर साहलाई गजराज जोशी आदर्श अवार्ड प्रदान गरियो । १६औं संस्करणको यो अवार्ड गोदावरी नगरपालिकाले आयोजना गर्ने त्यहाँका नगरपालिकाका मेयर गजेन्द्र महर्जनले घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्