प्रसंविधान र लोकतन्त्रको मूल मर्ममाथि प्रहार



नेपाल समाचारपत्र, सर्लाही ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको मूल मर्ममाथि नै प्रहार हुने गरी प्रतिगमनकारी कदम चालेकाले फेरि एकपटक संर्घष गर्नुपर्ने दिन आएको बताउनुभएको छ । नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले युक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र संघीयतामाथि ठाडो प्रहार गरेकाले यस्तो कदम अब धेरै दिन नटिक्नेसमेत प्रचण्डको दाबी छ । प्रतिगमनविरुद्धको आन्दोलमा लागिरहेकै बेला डाजाराज वाग्लेको मृत्यु भएकाले प्रतिगमकारीको परास्त भएपछि मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाइ छ ।’ पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले मधेस केन्द्रित दलहरुलाई संयुक्त आन्दोलनका लागि अपिल गर्दै आफू पनि अपुरो संविधान परिमार्जनकै पक्षमा रहेको बताउनुभयो ।

त्यसै गरी, पार्टीका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगमनविरुद्धको आन्दोलन बाँकी नै रहेकाले यसमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । त्यसै गरी, पार्टीका प्रवक्ता एवं केन्द्रीय संघर्ष संयोजक नारायणकाजी श्रेष्ठले वाग्लेको मृत्यु रहस्यमय रहेकाले गम्भीरतापूर्वक सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।शोकसभालाई सम्बोधन गर्दै वाग्लेकी पत्नी सरस्वती मिश्र वाग्लेले श्रीमान्को अधुरा र अपुरा रहेका सपनालाई जसरी भए पनि पूरा गर्न आफू सक्रिय भएर आन्दोलनमा लाग्ने उद्घोष गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्