मृतक विद्यार्थीका परिवारले क्षतिपूर्ति पाएनन्



न्युज अफ नेपाल, भद्रपुर ।

अध्यापन अनुमति नपाएका विद्यालयका कर्मचारीको कुटाइबाट विद्यार्थीको ज्यान गएको घट्नाको टुङगो लाग्न सकेको छैन । झापाको कन्काई ६ चम्पापुर माध्यामिक विद्यालयमा अध्ययनरत् कन्काई ६ चम्पापुरका १० बर्षिय कृष्ण प्रसाद राजवंशीको मृत्युको विषयमा हालसम्म टुङ्गो लागिनसकेको हो ।

विद्यालयमा कार्यरत खरिदार रबिन मगरको पिटाइबाट विद्यार्थीको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन् । उपचारको क्रममा विद्यार्थी राजवंशकिा मृत्यु भइसकेपछि मृतकका दाजु सुदीप राजवंशीले आरोपित कर्मचारी मगरलाइ इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी दिएका थिए ।

जाहेरी दिएको र परिवार नै सोकमा डुबेपनि प्रहरीको सम्पर्कमा वसेको दाजु सुदीपले बताउँनुभयो । हालसम्म कुनै क्षतिपूर्ति नपाएको उनले जानकारी दिनुभयो । आरोपित मगरको विषयमा विद्यालयको तर्फबाट कुनै कानूनी कारबाही नगरिएको विद्यालयका प्रिन्सीपल विष्णु पसाद कोइरालाले बताउँनुभयो । प्रहरी केस भइसकेपछि स्वतः निलम्बन भएकोले मुद्दाको छिनोफानोलाइ पर्खेर बसेको उहाँले जानकारी दिनुभयो ।

अरोपित मगरलाइ म्याद थप गर्दै अनुसन्धान भइरहेको इलाका डिएसपी सन्तोष आचार्यले बताउँनुभयो । पीडित पक्षले दिएको उजुरीलाइ आधार मानेर प्रहरीले अनुसन्धान जारी राखेको उहाँले जानकारी दिनुभयो । कक्षा ४ मा अध्ययनरत बालकलाइ माघ १८ गते अङ्ग्रेजी पढाउँदा नजानेपछि कान मोलेर गालामा झापड हानेको निहुमा घाईते भएका बालकको ११ दिनमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्