सर्वहारा कम्युनिष्टहरु पार्टीका कार्यक्रम गर्न हेलिकप्टर कसरी चढ्छन् : सभापति सुनुवार



लिला सुनुवार, ओखलढुंगा ।

नेपाली कांग्रेस जिल्ला सभापति प्रदिप कुमार सुनुवारले नेपालको सर्वहारा वर्गको नेतृत्व गर्छु भनेर सत्तामा पुगेका कम्युनिष्टहरुको हेलिकप्टर चढेर र सयौका सँख्यामा गाडी रिर्जभ गरेर सर्वसाधारण बटुलेर कार्यक्रम गर्ने पैसा कहाँ बाट आयो भनेर जनताले प्रश्न गर्ने बेला आएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती ओखलढुंगाले स्वा.नेत पूर्व मन्त्री बल बहादुर राईको १०० औ जन्मजयन्तीको अवसरमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्था र युवा विद्यार्थीको भुमिका बिषयक विचार गोष्ठीमा यस्तोा बताएका हुन् ।

सभापती सुनुवारले नागरिकलाई झुटा आस्वासन देखाएर सत्तामा पुगेका कम्युनिष्टहरु फुटको नाटक गरेर मुलुक कोरोना भाईरसको कारणले अति जोखिम अवस्थामा रहेको वेला खर्चिलो आमसभा गर्दै हिडेकाले सचेत नागरिकहरुले एकएक गरेर हिसाब खोज्नु पर्ने बताएका छन ।

कम्युनिष्ट हरुले सडकमा तमासा देखाई रहेका वेलामा कांग्रेशका नेताहरु समेत जनताको सामु आफ्नो स्पष्ट धारणा लियर जानुको साटोे जिल्लाका अधिकांश नेताहरु कोही ओली पक्ष र कोही प्रचण्ड माधव पक्षका नेताहरुको पछि लागेर वकालत गर्दै हिँडेकाले आफूलाई निक्कै दुख लागेको समेत बताए ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिका वडा नम्बर १ मा आज भन्दा ठिक १ सय बर्ष अघि जन्मिएका स्वर्गीय नेता बल बहादुर राई जिल्ला सभापति हुदै पटक पटक नेपाली कांगेशका केन्द्रिय सदस्य भएका थिए । यस्तै नेता राई आवास तथा भौतिक मन्त्री,श्रम मन्त्री र बिभिन्न समयमा १९ पटक मुलुकको कार्यवाहक प्रधानमन्त्री समेत भएका थिए ।

ओखलढुंगाको निमार्णाधीन बिपी स्मृति भवनमा नेपाल बिद्यार्थी संघ सभापति रोशन महतराको सभापतित्वमा भएको उक्त कार्यक्रममा सभापति प्रदिप कुमार सुनुवार सँगै उप सभापति तेजेन्द्र खनाल,पूर्व सभापति महेश कोर्माेचा, महासमिती सदस्य डिल्ली खनाल लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्