फलेवासमा १० शैयाको अस्पताल सञ्चालनमा



नेपाल समाचारपत्र,पर्वत ।

जिल्लाको फलेवास नगरपालिकाले १० शैयाको नगर अस्पताल संचालनमा ल्याएको छ । सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत फलेवास नगरपालिकाले दश शैयाको अस्पताल संचालनमा ल्याएको हो । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नगरवासीको स्वास्थ्य सेवालाई मध्येनजर गदै अस्पताल संचालनमा ल्याएको जनाईएको छ । अस्पतालको फलेवास नगर प्रमुख पदमपाणि शर्माले उद्घाटन गर्नुभयो ।

नगरप्रमुख पदमपाणि शर्माले अस्पताल उद्घाटन सँगै नगरपालिका स्वास्थ्य क्षेत्रको नयाँ युगमा प्रवेश गरेको बताउनु भयो । उहाँले जनताको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण भएकाले जनतालाई कसरी स्वास्थ्य राख्ने भन्नेमा नगरपालिका लागि परेको बताउनु भयो । नगरप्रमुख शर्माले नगर अस्पतालमा केही महिनामै दन्त सेवासमेत सुरु गर्न लागिएको जानकारी दिनुभयो । अस्पताल निर्माणका लागि नेपाल सरकारले १० करोड ६३ लाख सहयोग गरेको तथा आवश्यक सामग्री खरिद गर्न र कर्मचारी व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिनुभयो । अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एकजना कार्यालय सहयोगी रहने छन् ।

उक्त कार्यक्रममा स्वास्थ्य शाखा विभागवाट प्राप्त ६ लाख भन्दा बढिको स्वास्थ्य सामग्री नगरपम्रुख शर्मालाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य शाखा विभागका बैगुण्ठ राज गौत्तमका अनुसार अस्पताललाई एक लाख ५० हजारको औषधी, चार लाख ४९ हजारको बेड र २५ हजार बरावरको अन्य उपकरण सहितको सामग्री वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्