विशेष अभियान :यस वर्ष लाङटाङ राष्ट्रिय निकुञ्जमा सातौ महाहन्ट अपरेशन सुरु



सरस्वती न्यौपाने (रसुवा)  ।

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र वन्यजन्तुको ओसार पोसार नियन्त्रण गरि वन वनस्पति र वन्यजन्तुको संरक्षण गर्न महाहन्ट अप्रेशन सञ्चालन गरिएको छ । प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार फागुन एक देखि जेठ मसान्त सम्म सञ्चालन हुने अपे्रसन मा एक महिना रिङ बाकी तीन महिना कोर अपे्रशन हुनेछ । यसका लागि अरु तीन वटा अस्थाई पोष्ट स्थापना गरि महाहन्ट सञ्चालन गर्दै रसुवाको फलाखु नुवाकोटको कसेरी सिन्धुपाल्चोक कातिके मा थप अस्थाई पोष्ट स्थापना गरिनेछ ।

निकुञ्ज भित्र हुने अबैध गतिबिधि तथा चोरी शिकारी को नियन्त्रका लागि यो अभियान थालनी गरिएको हो । साल, कटुस, खोटे सल्ला गोबे्र सल्ला, धुपी भोजपत्र, गुरास ओखर खसु्र लगायत १०० भन्दा बढी प्रजाति यस निकुञ्जका प्रमुख वनस्पतिहरु हुन वन्यजन्तुहरुमा रेडपाण्डा, कस्तुरी मृग, हिउँ चितुवा ब्वासो चितुवा व्वासो सालक चरी बाघ असामी बादर हिमाली कालो भालु आदि पर्दछन ।नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना भएपछि रसुवा (५७%) नुवाकोट (७%) र सिन्धुपाल्चोक (३६%) भु–भाग रहेको छ ।

तीन जिल्लाका ३४ साविकको गाविसहरु एक हजार सात सय १० वर्ग किलो मिटरमा फैलिएको छ । लाङटाङ उपत्यका गोसाईकुण्ड दोर्जे लाक्पा पास ,मेलम्च्यो घ्याङ हेलम्बु पाँच पोखरी तार्केघ्याङफेदी क्यान्जिङ उपत्यका यस निकुञ्जको प्रमुख स्थलहरु रहेका छनयहाँ रहेका धार्मिक सास्ंकृतिक सामाजिक पहिचानहरुले यस निकुञ्जको थप उचाई प्रदान गरेका छन । निकुञ्ज संरक्षणमा विविध चुनौतीहरु रहेता पनी जैविक विविधताको संरक्षण, संबद्धन तथा व्यवस्थापनमा उच्च मनोबलका साथ लाङटाङ राष्ट्रिय निकुञ्ज क्रियाशिल छ ।

प्रतिक्रिया दिनुहोस्