माइक्रो बस र ट्रक एकआपसमा ठोक्किँदा दुईको मृत्यु



धादिङ, (नेस)।

पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
माइक्रो बस र रोकेर राखेको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ८४ नम्बरको माइक्रोबस सडकमा रोकेर राखेको ना६ख ४६० नम्बरको मालवाहक ट्रकको पछाडि ठक्कर खाँदा २ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ  दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई चितवन रिफर गरिएको, २ जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्