जिप दुर्घटनामा तीनको मृत्यु



शिक्षा पन्त, लमजुङ ।

लमजुङमा बिहीबार साँझ बलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको प्रदेश नं ३ ०१–२२च१३८३ नंको बलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्याङ्जा घर भई सोही आयोजनामा कार्यरत वर्ष ३४ का यदुनाथ भट्टराई, उदयपुर–१ घर भएका वर्ष २६ का जिप चालक किशोर राई र तनहुँ भानु नगरपालिका–१० घर भएका वर्ष ४५ का प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी सुनसरीका सुनिलकुमार शाह, लमजुङका अनु घले र दोर्दीकै सुनिता विक घाइते छन् ।

जिप सडकबाट १ सय २० मिटर तल लेदेखोलामा खसेको थियो । घाइतेहरुको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको लमजुङका प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । जिप पावर हाउसबाट कार्यालयतर्फ जाने क्रममा दुर्घटना भएको तथा के कति कारणले दुर्घटना भयो भन्ने कुरा खुलिनसकेको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्