पनौतीको गोरखनाथलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन स्थानीय सक्रिय



न्युज अफ नेपाल, काभ्रे ।

जिल्लाको ऐतिहासिक नगर पनौती–६ स्थित गोरखनाथ क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन स्थानियबासिहरु सक्रिय भएका छन् । आगामी वर्ष २०७८ माघमा पनौतीमा १२ वर्षे मकर मेला समेत लाग्ने र सो मेला भर्न आएका भक्तजनहरु त्रिवेणीको जल चढाउन गोरखनाथ पुग्ने भएकोले यो क्षेत्र विकासको लागि अहिले देखिनै कार्य थालनी गर्नुपर्ने छ ।

गोरखनाथ क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गर्न भएका संरचनाहरुको पुरातात्विक विधिद्धारा मर्मत संभार गर्नुका साथै अन्य धेरै कार्य गर्न बाकि छ । पञ्चधातुद्धारा निर्मित ९ फिटको गणेशको मुर्ति निर्माण समितिका अध्यक्ष रामकुमार बस्नेतका अनुसार गोरखनाथ डाडा ऐतिहासिक धार्मिक क्षेत्र भएपनि ओझेलमा परेको छ ।

नगरपालिकाको सहयोग विना नै चन्दा संकलनबाट पार्क सहित ९ फिटको गणेशको मुर्ति स्थापना गरि कार्य थालनी गरिरहेको समितिका अध्यक्ष बस्नेत भन्छन– गोरखनाथलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउन स्थानिय सरकारले पनि विशेष चासो देखाउनु पर्छ ।


गोरखनाथ मन्दिरमा दैनिक पुजाको लागि पुजारीको व्यवस्था गर्नुपर्ने, मन्दिर प्राङ्गणमा विधुतको व्यवस्था हुनुपर्ने, खानेपानिको स्थायी बन्दोबस्त हुनुपर्ने, गोरखनाथ फेदीबाट आउने कच्ची मोटरबाटोलाई पक्कि बाटो बनाउनुपर्ने लगाएतका विषयहरुमा स्थानिय सरकारको ध्यान जान सकेको छैन । समितिकासचिव हरिशरण कार्कीका अनुसार स्थानियहरुको सक्रियतामा चन्दा उठाएरै गणेश मुर्ति स्थापना गरिएको र पार्क लगाएत कार्य भैरहेको छ ।

सरकारी बजेटमा यस अर्घि गोखनाथमा कलात्मक प्रविधिको सत्तल निर्माण भएको थियो । गोरखनाथ मन्दिरसम्म जानको लागि दुई तिरबाट सिडि पनि बनेको थियो । पनौति चौकीबाट गोरखनाथ जाने सिढिमा ढुङ्गा छाप्ने कार्य पनि सम्पन्न भैसकेको थियो । साथै खडेबाबाको समाधिस्थलमा रिटाईनिङ वाल पनि लगाई सकिएको थियो । गणेशमुर्ति स्थापनाको लागि चन्दा संकलन गर्न स्थानियहरुको सक्रियतामा गत वर्ष लगाइएको सप्ताहको बेला गोरखनाथमा पशुपति भजन मण्डल ढोरपाटनले गोरखनाथमा आराध्यदेव भगवान पशुपति नाथको शिवलिङ्ग, त्रिशुल र घण्टा पनि स्थापना गरिदिएको थियो ।

गोरखनाथ मन्दिर नजिकै पार्क बाउने लक्ष्यका साथ वडा कार्यालयबाट उपभोक्ता समिति गठन भएपनि कार्य थालनिमा ढिलाई भैरहेको छ । मकर मेला नजिकीदै गएको भन्दै स्थानियबासिहरु मकरमेला सम्ममा गोरखनाथ क्षेत्रको विकास गरिसक्नुपर्ने बताउछन् । स्थानिय दिपक बस्नेतका अनुसार मकरमेलामा बिसौलाख भक्तजन गोरखनाथमा त्रिवेणीको जल चढाउन पुग्छन् ।
मकर मेलामा सुरक्षाको लागि गोरखनाथमा अस्थायी प्रहरी चौकि राख्नको लागि पनि अहिले देखिनै योजना बनाउनु पर्ने स्थानियबासिहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्