अभिनेता खनाललाई भ्रातृशोक



अभिनेता सरोज खनालाई भ्रातृशोक परेको छ। अभिनेता खनालका माइलो दाइ प्रदीपकुमार खनालको कोभिड–१९ बाट निधन भएको छ।

खनालको बुधबार बिहान १ बजेर ५० मिनेटमा उपचारका क्रममा टोखास्थित ग्र्यान्डी इन्टरनेसनल अस्पतालमा निधन भएको अभिनेता सरोज खनालले जानकारी गराए। सरोजका अनुसार १७ दिनअघि कोभिड–१९ संक्रमण भएपछि खनाललाई उपचारका लागि शुरुमा ललितपुरको स्टार अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनलाई केही दिनअघि ग्र्यान्डी अस्पताल भर्ना गरिएको थियो।

उनी कोभिडपछि निमोनियासँग जुधिरहेका थिए। प्रदीप चितवन मँल घर भई ललितपुरको घोबिघाटमा बस्दै आएका थिए। ६५ वर्षीय उनी नेपालकै पहिलो पोल्ट्री फार्म खनाल पोल्ट्री फार्मको सञ्चालक थिए। लक्ष्य पोल्ट्री फार्मको सञ्चालक तथा नेसनल बिल्डर्स ह्याचारीको महासचिव र नेपाल अन्डा उत्पादक संघका उपाध्यक्ष रहेका प्रदीपको एक श्रीमती र एक छोरा छन्। सरोजका प्रदीपकुमारसहित ४ दाजुभाइ छन्।

प्रतिक्रिया दिनुहोस्