इन्डोनेसियाको अवैध सुन खानीमा बाढी, २६ कामदार फसे


काठमाडौँ ।

इन्डोनेसियाको जाभा टापुस्थित एक अवैध सुन खानीमा बाढी पस्दा २६ जना कामदार सुरुङभित्रै फसेका छन्।सोमबारको अविरल वर्षापछि नदीमा आएको बाढी खानीभित्र पसेको हो।

घटनामा ११ जना कामदार भने समयमै बाहिर निस्कन सफल भएका छन्।घटनाबारे मंगलबार जानकारी पाएपछि उद्धार टोली परिचालन गरिएको छ।

पश्चिम जाभा प्रहरीका अनुसार निरन्तर वर्षा र खानीको साँघुरो संरचनाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।इन्डोनेसियामा सुरक्षा मापदण्डविना सञ्चालन हुने अवैध सुन खानीहरूमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।