धरानमा लागूऔषधजस्तो पदार्थ र ५२ हजार नगदसहित एक जना पक्राउ


काठमाडौँ । 

सुनसरीको धरान उपमहानगरपालिका–११ कुबिर्ता चोकबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगदसहित एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय धरानबाट मंगलबार दिउँसो खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय प्रकाश तामाङको घरमा खानतलासी गर्दा ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगद फेला पारेको हो।

प्रहरीले तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया

    ०
    यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

    तपाईंको विचार लेख्नुहोस्

    इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

    स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।