रितेशको जित



काठमाडौं, (नेस)
रितेश तामाङले प्रथम चक्र लामा-किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार जित हात पारेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा रितेशले ज्ञानी लामालाई ३–१ ले पराजित गरे ।

बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित प्रतियोगिताको अन्य खेलमा विकास महर्जनले दिलिप रिमाललाई ३–०, निर्भिक लामाले सँर्य थापा मगरलाई ३–०, पदम तामाङले सौरभ पोखरेललाई ३–० र सुशिल कुश्माले शम्भु श्रेष्ठलाई ३–२ ले हराए ।

प्रतिक्रिया दिनुहोस्