युभेन्ट्स कोपा इटालियाको फाइनलमा


लन्डन, (एजेन्सी)  । 

युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानसँग गोलरहित बराबरी खेले पनि पहिलो लेगमा निकालेको २–१ को जितका कारण युभेन्ट्स उपाधिनजिक पुगेको हो ।यसअघि, भएको सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले इन्टरलाई २–१ ले पराजित गरेको थियो । जसमा युभेन्ट्सका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गर्दा इन्टरका लोउटारो मार्टिनेजले एक गोल फर्काएका थिए ।

युभेन्ट्सको घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको दोस्रो लेगको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । अब युभेन्ट्सले उपाधिका लागि नेपोली र एट्लान्टाबीचको विजेतासँग २० मे मा प्रतिस्पर्धा गर्नेछ ।

Skip This