एपीएफद्वारा चौदण्डीगढीमाथि गोलको वर्षा



नेपाल समाचारपत्र, काठमाडौं ।

जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लबद्वारा गोलको वर्षा जारी गरेको छ ।विशेषगरी विभागीय टिम एपीएफले चौदण्डीगढी नगरपालिका उदयपुर टिममाथि नै बढी गोल गरेको हो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको दोस्रो लेगको खेलमा एपीएफले चौदण्डीगढीलाई १४–० गोलअन्तरले हरायो । जबकि, पहिलो लेगमा यी दुईको भेटमा एपीएफ २२–० गोलअन्तरले जितेको थियो । समग्रमा एपीएफले जारी लिगमा लाचार बनेको उदयपुरको यस टिममाथि कुल ३६ गोल वर्षाएको छ ।एपीएफलाई जित दिलाउन टिमकै स्ट्राइकर सावित्रा भण्डारीको मुख्य भँमिका रह्यो । उनी एक्लैले ८ गोल गरेकी छन् भने कप्तान अनिता बस्नेत र अनिता केसीले २-२ गोल गरे ।

त्यस्तै, अनु लामा र रबिना गोलेले १÷१ गोलको योगदान दिएका हुन् । यसअघि, पहिलो लेगमा भण्डारीले चौदण्डीगढीमाथि नै दर्जन गोल प्रहार गरेकी थिइन् । उनले एकै टिमविरुद्ध कुल २० गोल गरेकी छन् ।यो जितसँगै एपीएफले ७ खेलबाट शतप्रतिशत नतिजा निकाल्दै २१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १६ अंक छ । जारी लिगमा कमजोर देखिएको चौदण्डीगढी भने अहिलेसम्म अंकविहीन बन्न बाध्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्