इटालियन सिरी ’ए’ फुटबलमा युभेन्ट्स विजयी



लन्डन, (एजेन्सी)  ।

इटालियन सिरी ’ए’ फुटबलमा युभेन्ट्सले जित हात पारेको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सले एफसी रोमालाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र रोजर इबानेजले एक–एक गोल गरे ।
खेलको १३औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६९औं मिनेटमा रोजरले गोल गर्दा युभेन्ट्स २–० ले विजयी बन्यो । जितसँगै युभेन्ट्सले २० खेलबाट ४२ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्